बुटवल,माघ १७ ।
रिलायन्स फाईनान्स लिमिटेड र आधुनिक समाज डेन्टल केयर प्रा.ली बिच सहमतिमा हस्ताक्षर भएको छ ।
रिलायन्स फाईनान्सका ग्राहक बर्ग,शेयर होल्डर र कर्मचारी हरुलाई डेन्टल सम्बन्धी उपचारमा ३० प्रतिशत छुट दिने,चेकअप फ्रि , फ्रि एक्स रे र सामाजिक कार्यमा सहकार्य गरेर शिविर सन्चालन गर्ने सहमति भएको रिलायन्स फाईनान्स लिमिटेड बुटवल शाखा प्रमुख कमल ज्ञवालीले नागरिक अनलाइनलाइ जानकारी दिनुभयो ।
एमओयुमा रिलायन्स फाईनान्सको तर्फबाट डिसिइयो रामहरी आचार्य र आधुनिक समाज डेन्टल केयर प्रा.लि को तर्फबाट एमडि अमृत भुसालले हस्ताक्षर गर्नुभयो ।
कार्यक्रममा केन्द्रीय कार्यालयका असुलि बिभाग प्रमुख बिष्णु बस्नेत,बुटवल शाखा प्रमुख कमल ज्ञवाली,भैरहवा शाखा प्रमुख केशब उपाध्याय,मणिग्राम शाखा प्रमुख विष्णु पराजुली र आधुनिक समाज डेन्टल केयर प्रा लि का कार्यक्रम सम्योजक बाबुराम सापकोटा र ज्योती सापकोटाको उपस्थिती रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)