बुटवल, माघ ८ ।
लुम्बिनी पर्यटन पत्रकार संघले कपिलबस्तु नगरपालिका ९ स्थित सगरहवामा सञ्चालित राष्ट्रिय मूर्तिकार्यशालाको अवलोकन तथा अन्तरक्रिया गरेको छ ।
पुस २३ देखि चलिरहेको कार्यशालामा पर्यटन पत्रकारको एक टोलीले सरोकारवालाबिभिन्न पक्षसंग छलफल गरेको हो । सो अवसरमा बोल्दै कोषका कोषाध्यक्ष ढुण्डिराज सिद्धिचरण भट्टराइले हजारौं शाक्यहरुको सामूहिक बध गरिएको स्थल सगरहवाको त्रासदी र ऐतिहासिक पक्षलाई झल्काउने गरी मूर्ति निर्माण गरिएको बताउनुभयो ।
उहाँले मूर्तिकलाको समग्र विकासका लागि स्थानीयको सक्रियता र अपनत्वमा काम गरिएको जानकारी दिनुभयो ।लुम्बिनी पर्यटन पत्रकार संघका अध्यक्ष भुवन कार्कीले सबैमिलेर यसप्रकारका इतिहासको खाेजी र प्रचारप्रसार मार्फत् पर्यटनको बिकासमा लाग्नुपर्ने बताउनुभयो ।
उक्त अवसरमा लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य रामनरेश कोहार, मूर्तिकला कार्यशाला सचिवालय सदस्य ललित गुरुङ,माधव आचार्य,बिजयकुमार खनाल,शिक्षक देबेन्द्र पोखरेल,लुम्बिनी पर्यटन पत्रकार संघका उपाध्यक्ष बेणीमाधव बस्याल,महासचिव कपिल ज्ञवाली ,सदस्य भुवन जिसी,जिल्ला सचिव तेजेन्द्र केसी लगायतले बोल्दैमूर्ति कार्यशालाले ओझेलमा परेको सरगरहवा र इतिहास बोकेको लम्बुसागरको थप प्रचारप्रसारमा समेत टेवा पुग्ने बिश्वास ब्यक्त गरे ।
लुम्बिनी विकास कोष, कपिलबस्तु नगरपालिका, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान सहित विभिन्न सरकारी र स्थानीय संघसंस्थाको आयोजना तथा पत्रकार महासंघ तथा लुम्बिनी पर्यटन पत्रकार संघले सञ्चार प्रवर्द्धन गरेको कार्यशालामा प्राचिन शाक्य गणराज्य कपिलबस्तुको पतनसँग सम्बन्धित सगरहवाको पुरातात्विक,ऐतिहासिक पक्षलाई प्रस्तरमा उतार्ने काम भएको हो । कार्यशाला आज समापन हुनेछ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)