Logo बिहिवार, कार्तिक १३ गते २०८३
images

रुपन्देही ब्यापार संघमा मिश्रीत परिणाम,अध्यक्षमा अधिकारी बिजयी

रुपन्देही ब्यापार संघमा मिश्रीत परिणाम,अध्यक्षमा अधिकारी बिजयी

  • 1.6K
    SHARES

  • रुपन्देही ब्यापार संघमा मिश्रीत परिणाम,अध्यक्षमा अधिकारी बिजयी

    बुटवल,माघ ६ ।

    रुपन्देही ब्यापार संघको अध्यक्षमा दिपक अधिकारी निर्वाचित भएका छन्। १२ औं अधिवेशनबाट संघका द्वितीय उपाध्यक्ष रहेका अधिकारीले संघका बरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारीलाई ८० मतको फरकले पराजित गरेका हुन्। 

    शुक्रबार विहान सम्पन्न मत गणनाको परिणाम अनुसार अधिकारीले कुल खसेको १ हजार ८७ मत मध्ये ५४३ मत पाए भने भण्डारीले ४६३ मत प्राप्त गरे । अधिकारी र भण्डारीले अलग अलग प्यानल बनाएर निर्वाचन लडेका थिए। अधिकारी प्यानलबाट संघको अन्य पदाधिकारी र सदस्यहरुमा दुवै प्यानलको मिश्रीत परिणाम आएको छ। संघको प्रथम उपाध्यक्षमा भण्डारी प्यानलका  दयानिधी भण्डारी बिजयी भएका छन्। भण्डारीले ५३५ मत पाएर बिजयी हुदा उनका प्रतिस्पर्धी अधिकारीको प्यानलका ऋषिराम पाण्डेले ४४७ मत पाए।  

    त्यसैगरी द्वितीय उपाध्यक्षमा ५५७ मतका साथ अधिकारी प्यानलकै प्रेमनाथ पाण्डे बिजयी भएका छन्। उनका प्रतिस्पर्धी भण्डारी प्यानलका नामदेव पाण्डेले ४११ मत प्राप्त गरे। संघको कोषाध्यक्षमा अधिकारी प्यानलकै मनिराम खनाल ५४४ मतका साथ बिजयी भए भने भण्डारी प्यानलका झविन्द्र प्रसाद अधिकारीले ४५२ मत प्राप्त गरे।  

    त्यसैगरी सचिव पदमा भण्डारी प्यानलका मनोहरी बस्याल ५२९ मत सहित बिजयी हुदा उनका प्रतिस्पर्धी अधिकारी प्यानलका मनिमदिन मियाले ४३८ मत प्राप्त गरे। सहसचिव पदमा भण्डारी प्यानलकै प्रकाशराज पौडेलले ५४८ मत सहित बिजयी भए भने उनका प्रतिस्पर्धी अधिकारीको प्यानलका मेघनाथ पौडेलले ४४६ मतमा पाए। सहकोषाध्यक्ष पदमा ५१९मत सहित अधिकारीको प्यानलका अर्जुन प्रसाद भट्टराई बिजयी हुँदा भण्डारीको प्यानलका बिनित भटराईले ४८५ मत प्राप्त गरे।

    team by.jpg

    संघको बरिष्ठ उपाध्यक्षमा प्रकाश ढकाल र महासचिवमा फर्शुराम पन्त यस अघि नै निर्विरोध निर्वाचित भई सकेका छन्।संघको सदस्य पदमा केदारनाथ नेपाल, टेकराज पन्थी, बृन्दा भटराई आचार्य ईश्वरा देवकोटा,अशोक ज्ञवाली, गकुल ज्ञवाली,गोबिन्द प्रसाद चापागाई,घनश्याम भुसाल, जयलाल न्यौपाने, जिवनारायण घिमिरे, जिवलाल पौडेल बिजयी भएका छन्।त्यसैगरी सदस्य पदमै शाभा कुमारी जोशी क्षेत्री, नलराज नेपाल,बालकृष्ण बस्याल,माधव प्रसाद ज्ञवाली, रितेश ज्ञवाली र राजु श्रेष्ठ बिजयी भएका छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology