Logo मंगलवार, श्रावण १२ गते २०८३
images

शान्ति समाजको २६ औँ राष्ट्रिय परिषद् बैठकबाट ११ बुँदे प्रस्ताव पारित

शान्ति समाजको २६ औँ राष्ट्रिय परिषद् बैठकबाट ११ बुँदे प्रस्ताव पारित

  • 1.5K
    SHARES

  • शान्ति समाजको २६ औँ राष्ट्रिय परिषद् बैठकबाट ११ बुँदे प्रस्ताव पारित

    बुटवल,पुस २४ ।

    मानव अधिकार तथा शान्ति समाजको २६ औँ राष्ट्रिय परिषद् बैठकले  ११ बुँदे प्रस्ताव पारित गरेको छ । बैठकले केन्द्रीय तथा जिल्ला कार्यसमितिमा अब ४० प्रतिशत पुर्याउने संकल्प प्रस्ताव पारित भएको छ । समाजका तर्फबाट रामकृष्ण बरालले जारी गरेको विज्ञप्तिमा चुरे मास्ने सरकारको नीति खारेज गर्न सरकारलाई आग्रह गरिएको छ ।

    यस्तै विकासको अधिकार अन्तर्गत राष्ट्रिय परिषद्ले तराई मधेशको जीवनरेखाको रुपमा रहेको हुलाकी सडकमार्ग शिघ्र सम्पन्न गर्न ध्यानाकर्षण र कर्णालीको उत्थानमा योगदान गर्न १० बुँदाको आग्रहसहित प्रस्ताव पारित गरिएको छ । पुस २०–२१ गते बसेको उक्त बैठकले एनसेल प्रकरण राज्य विरुद्धको अपराध भएको भन्दै समाजले त्यसविरुद्ध वृहत अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।santi samaj.jpg

    यस्तै संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धमा संसदमा विचाराधिन विधेयकलाई मानव अधिकारमैत्री बनाई टुंगोमा पुर्याउन आग्रह पनि समाजले गरेको छ ।  यस विषयमा संसद संवेदनशिल नबन्ने हो भने भविष्यमा विभिन्न खाले हस्तक्षेप निम्तिन सक्ने सम्भावनाप्रति समेत ध्यानाकर्षण गराइएको बरालले बताए । 

    यस्तै वातावरणमा हानी गर्ने सामग्री प्रयोग नगर्ने संकल्पसहित बैठकले लोकतन्त्रको प्राणः सुशासन र सद्भाव भएको स्मरण गराउँदै समुदायबिच स्थिर र सुमधुर सम्बन्धमा जोड दिएको छ ।यस्तै  विपिन जोशीको माग गरेको समाजले आगामी दिनका सबै कार्यक्रमहरु नागरिक संवाद कार्यक्रमको रुपमा आयोजना गर्ने निर्णय पनि गरेको बरालले बताए । san.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology