Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देहीमा स्थापित ‘टुना टेक्नोलोजी’लाई आईसीटी अवार्ड

रुपन्देहीमा स्थापित ‘टुना टेक्नोलोजी’लाई आईसीटी अवार्ड

  • 4.7K
    SHARES

  • रुपन्देहीमा स्थापित ‘टुना टेक्नोलोजी’लाई आईसीटी अवार्ड

    बुटवल,पुस ९।

    रुपन्देहीमा स्थापित टुना टेक्नोलोजी प्रालिले आईसीटी अवार्ड–२०२३ प्राप्त गरेको छ। गत शुक्रबार काठमाण्डौमा आयोजना गरिएको ग्राण्ड फिनालेमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यो अवार्ड प्रदान गरेकी हुन्।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दुरसञ्चार प्राधिकरण, राष्ट्रिय सूचना प्रविधि केन्द्र र नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा आईसीटी अवार्ड २०२३ आयोजना गरिएको थियो।

    जसमा टुना टेक्नोलोजीले उपत्यका बाहिर लुम्बिनी प्रदेशबाट यो अवार्ड प्राप्त गरेको हो। यो अवार्डका लागि ५ महिना भन्दा लामो समय लगाएर छनौट गरिएको थियो। जसमा १२ वटा भन्दा बढी ईभेन्ट गरिएको थियो।

    टुना टेक्नोलोजी प्रा लि आईटी क्षेत्रमा विशेषज्ञता उत्पादनमा आधारित परियोजना कम्पनी हो। यसले वेबसाईट डिजाईन तथा सफ्टवेयरको विकास गर्छ। त्यस्तै डिजटल मार्केटिङ, ग्राफिक्स डिजाईन र मोवाईल एपको पनि विकास गरिने प्रमुख कार्यकारी अधिकृत राजिव गौतमले बताए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology