बुटवल,पुस १ ।
नेपाल जेसीजले उत्कृष्ट यूवा पुरस्कारबाट १० जनालाइ सम्मान गरेको छ । चर्चित यूवा गायक प्रकाश दुतराजसहित सबै बिधा समेटेका दश जना युवा सम्मानित भएका छन् ।
बुटवल जेसीजको आतिथ्यतामा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भएको ५० औँ राष्ट्रिय महाधिवेशनको अवसरमा गीतसंगीतको माध्यमबाट विश्वभर चिनिएका म्याग्दीको मंगला गाउँपालिका–५,अर्मनका दुतराजलाई प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सम्मानपत्रले सम्मान गरे । सम्मानित हुनेहरूमा धार्मिक गुरू चैतन्य कृष्ण, भलिवल खेलाडि टेकराज अवस्थी,झापाका कृषक नविन चापागाइ लगायत रहका छन् ।
‘सक्षम युवा सुदृढ देशः सुशासनका लागि समुन्नत परिवेश’ भन्ने नारा सहित गर्न आयोजित राष्ट्रिय महाधिवेशनमा म्याग्दी जेसीजको सिफारिसमा दुतराज सम्मानित भएको शाखा अध्यक्ष सुमन बानियाँले बताए । उनले म्याग्दी जेसीजको छनौटलाई सर्वसम्मतले सम्मानित गर्नु जिल्लाको सांगीतिक क्षेत्रको समेत गौरव प्रतिष्ठासँग जोडिएको बताए । गायक दुतराजको हालै सार्वजनिक भएको रिमै नामक गीत छोटो समयमै करोड क्लवमा प्रवेश गरेको थियो भने ।
गायक दुतराजको ‘लाहुर जाने रेलैमा’, आरने, बैनी झ्यालैमा, घर कता हो बैनीको, पछ्यौरीको तातो, तिरिरि मुरली बज्यो तारेभीर,फूल लाउँथें शिरमा जस्ता सांगितिक श्रृखला संगीतका पारखीले निकै रुचाएका थिए । दुतराजको नयाँ कोशेली रिमैं राउटे समुदायको बसाइसराईको कथासँग जोडिएको थियो ।
राउटे समुदायको कथा संस्कृति, माया, प्रेम र जिवनको कथा म्यूजिक भिडिओमा देखाएर सर्वत्र चर्चा कमाएका दुतराजले गीत मनोरञ्जनका लागि भन्दा पनि समाजको विकृती र सामाजिक सद्भावका लागि भएको बताए । 
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)