Logo मंगलवार, श्रावण १२ गते २०८३
images

डा.चन्द्र भण्डारीको चिन्ता-‘मुलुक परिवारबिहिन र सन्तान बिहिन हुने अवस्थातिर जाँदैछ’ (भिडियो)

डा.चन्द्र भण्डारीको चिन्ता-‘मुलुक परिवारबिहिन र सन्तान बिहिन हुने अवस्थातिर जाँदैछ’ (भिडियो)

नेपाल जेसिजको ५० ओैं राष्ट्रिय महाधिवेशन थिम सेमिनार र बिजनेट टक सम्पन्न

  • 4.8K
    SHARES

  • डा.चन्द्र भण्डारीको चिन्ता-‘मुलुक परिवारबिहिन र सन्तान बिहिन हुने अवस्थातिर जाँदैछ’ (भिडियो)

    बुटवल, मंसिर ३० ।

    बुटवलमा जारी नेपाल जेसिजको ५० ओैं राष्ट्रिय महाधिवेशनको दोस्रो दिन थिम सेमिनार सम्पन्न भएको छ । सक्षम युवा सुदृढ देश : सुशासनका लागि समुन्नत परिवेश भन्ने मुल नाराका साथ मंसिर २९ देखि महाधिवेशन शुरू भएको हो । 

    दोस्रो दिनको थिम सेमिनारमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा.चन्द्र भण्डारीले मुलुक परिवारबिहिन र सन्तान बिहिन हुने अवस्थातिर गएको भन्दै चिन्ता ब्यक्त गर्नुभएको छ।

    नेपाल छाड्ने युवापुस्ता दैनिक बढ्दै गईरहेको र रोजगारी सिर्जना गर्ने र युवालाई स्वदेशमै रोक्न सरकारले भूमिका नखेलेको उहाको आरोप छ । भण्डारीले नेपालको मुख्य रोग नै भ्रष्टाचार र गरिबी रहेको उल्लेख गर्नुभयो । भ्रष्टाचारीलाइ कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने र उनीहरूका सातपुस्तासम्म पनि समाजले नछाड्ने दाबि गर्नुभयो ।

    chandra da.jpg
    युवापुस्तामा हरेक कुराको भिजन र सपना हुनुपर्ने र बिचार नहुने युवा नै नहुने दाबि गर्नुभयो ।भण्डारीले अब मुलुकको योगदानका लागि जलन अस्पताल बनाउन जेसिजलाइ आग्रह गर्नुभयो ।

    सो अवसरमा नेकपा एमालेका युवा नेता ठाकुर गैरेले यथास्थिति तोड्दै आलोचनात्मक चेत राख्न सक्ने ब्याक्ति नै युवा हुने उल्लेख गर्नुभयो ।समाज रूपान्तरण गर्न सक्ने युवा अहिलेको आवश्यकता रहेको बताउदै कृषि,पर्यटन,शिक्षामा फड्को मार्नुपर्ने बताउनुभयो । अहिले युवाहरूलाइ देश छाड्ने रोग लागेको भन्दै बिदेशी मोह त्याग्न आग्रह गर्नुभयो।

    thakur gaire.jpg

    देशभक्तिको भावना कमजोर भएको उहाँको दाबी छ । देशमा सुशासनको सुनिश्चितताका लागि मूल बिषय बनाउन जेसिजलाई उहाँको आग्रह छ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री तथा सांसद सुमना श्रेष्ठले सहकार्य बिना कुनैपनि सफलता नमिल्ने बताउनुभयो । जनप्रतिनिधि र जनता बिचको दुरी घटाउनुपर्ने र मिलेर काम गर्नुपर्ने उल्लेख गर्नुभयो । सांसद श्रेष्ठले सुचनाको बाढीका बेला सहि सुचना लिनुपर्ने बताउनुभयो ।

    sumana shrestha.jpg

    पूर्व मुख्य सचिव लिलामणी पौडेलले परिवार नै सबैभन्दा ठुलो विश्वविद्यालय रहेको बताउनुभयो । सहनशीलता आफ्नै आमाबाट सिकेको स्मरण गर्दै पौडेलले बांडेर खाएकोले सुगन्ध छर्ने र एक्लै खाने दुर्गन्धित हुने उहाको तर्क छ । मानव बिकासको आधारभूत आवश्यकता शिक्षा र परिवाररहेको उहाँको भनाइ थियो । सन्ततीलाई सहि शिक्षा र संस्कार दिनुपर्ने पौडेलको भनाइ छ ।lilamani paudel.jpg

    नेपाली,सेनाका पूर्व उपरथी प्रेम शाहीले हरेक कुरामा सफलताका लागि नैतिक प्रतिबद्धता चाहिने बताउनुभयो । उहाले देश मेरो हो भन्ने भावना नहुदासम्म देश बिकास नहुने उल्लेख गर्नुभयो । शाहीले युवामा स्पष्ट सोच,योजना र भिजन हुनुपर्ने धारणा राख्नुभयो । अध्यक्ष बिकास मानन्धरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन मदन श्रेष्ठले गर्नुभएको थियो ।

    यसैगरी महाधिवेशनमा आज नै बिजनेट टक कार्यक्रम सम्पन्न भएको छ । बिजनेट टकमा मुक्तिनाथ बिकास बैकका अध्यक्ष भरत ढकाल,खल्ती एपका डाईरेक्टर अमित अग्रवाल,उद्योग बाणिज्य संघ मोरङका पुर्व अध्यक्ष सुयोस प्याकुरेल ,स्वतन्त्र उर्जा उत्पादक संघमा अध्यक्ष एवं मरिससका महाबाणिज्यदुत गणेश कार्की लगायतले बोल्नुभएको थियो । सो कार्यक्रम बुटवल जेसिजका कार्यकारिणी उपाध्यक्ष अर्जुन ज्ञवालीले संचालन गर्नुभएको थियो । यस्तै ककस पनि शुरू भएको महाधिवेशन डाईरेक्टर जगतबहादुर पोखरेलले बताउनुभयो ।

    कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य मिना श्रेष्ठलाई सम्मान गरिएको महासचिव चन्द्रकान्त डुम्रेले बताउनुभयो ।आजै निर्वाचन समितिले उम्मेदवारको नामावली प्रकाशन गरेको छ ।आईतबार मतदान गर्ने तयारी छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology