Logo बिहिवार, आश्विन १ गते २०८३
images

चितवनमा बलेरोको ठक्करबाट सोमेश्वर माविका शिक्षक र लेखापालको मृत्यु

चितवनमा बलेरोको ठक्करबाट सोमेश्वर माविका शिक्षक र लेखापालको मृत्यु

  • 1.7K
    SHARES

  • चितवनमा बलेरोको ठक्करबाट  सोमेश्वर माविका शिक्षक र लेखापालको मृत्यु

    चितवन,मंसिर २४ ।

    चितवनको माडीमा बलेरो गाडीको ठक्करबाट मोटरसाइकल चालक सहित २ जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा मोटरसाइकल चालक माडी नगरपालिका वडा नं. १ घर भएका ३४ वर्षका सूर्य अधिकारी मोटरसाइकलमा सवार सुर्खेतको सिन्ता गाउँपालिका ३ का ३४ बर्षकै बेग खत्री रहेको प्रहरीले जनाएको छ। मृतक अधिकारी सोमेश्वर माध्यमिक विद्यालयका लेखापाल हुन् भने खत्री सोहि बिद्यालयका शिक्षक हुन् ।

    माडी नगरपालिका वडा नं. १ बरुवा पोलमा लु २ च २५०८ नम्बरको बलेरोको ठक्करबाट बा.प्र.६-००१ प्र ४०९३ नम्बरको मोटरसाइकललाई शनिवार साँझ सवा सात बजे ठक्करदिदा सो दुर्घटना भएको हो ।

    चालक दुर्घटना पश्चात बलेरो र त्यसका चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सुरज ज्ञवाली

    चितवन,सम्वाददाता

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology