वुटवल , पुस ५ -
नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले वीपीले अघि सारेको समाजबादको सिद्धान्तलाई कार्यान्वयन गर्नको लागि शिक्षा र स्वास्थ्य निःशुल्क गरिनुपर्ने बताएका छन ।
समाजबादलाई पुर्नब्याख्याको आवश्यकता नरहेको उँहाले बताउँदै यसको कार्यान्वयनको आवश्यकता रहेकोमा जोड दिनदिए ।
बुटवलमा नेपाल प्रजातान्त्रिक महासंघले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भने– “विपिले जमीनको न्यायोचित वितरण गरेर समाजबादलाई कार्यान्वयन गरेको र अहिले जनतालाई शिक्षा र स्वास्थ्य निःशूल्क गरि साजबादको कार्यान्वयनमा लाग्नु पर्छ” ।
शिक्षा र स्वास्थ्य पूर्ण रुपमा निःशूल्क मात्र नभएर गुणस्तरिय आवश्यकता रहेको बताए । नेता गुरुङले बर्तमान नेकपाको सरकारले भष्ट्राचार मात्र गर्न जानेको आरोप लगाए ।
प्रधानमन्त्री केपि शर्मा ओलीले नै भष्ट्रारीलाई प्रोत्शाहन दिएको उँहाले आरोप लगाउँदै बालुवाटार , वाईडबोडी , ओम्नी काण्डमा अख्तियारलाई छानविन गर्न रोक लगाएर प्रधानमन्त्रीले नै भष्ट्रचारीलाई संरक्षण दिएको दाबी गरे ।
भष्ट्राचारी बिरुद्ध लड्दा पार्टि भित्र नै आफुले दुख पाएको गुरुङले बताउँनुभयो । ५ सय र १ हजारको नोट क्विट गर्न सके देशमा भष्ट्राचार रोक्न मद्धत पुग्ने उनको विश्वास छ ।
नेपाल प्रजातान्त्रिक महासंघ लुम्बिनी प्रदेशका सभापति चित्र केसीको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा नेपाली कांग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डेय , उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य जमसेद्ध अलिमिया , नेपाल प्रजातान्त्रिक जिल्ला सभापति सोमनाथ शर्मा ,चिरञ्जिवी पौडेल लगायतले बोलेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)