Logo बिहिवार, आश्विन १ गते २०८३
images

भारत र चीनबिचको पक्की पुल बन्न चाहन्छौं : मन्त्री सुदन किराँती

भारत र चीनबिचको पक्की पुल बन्न चाहन्छौं : मन्त्री सुदन किराँती

  • 1.5K
    SHARES

  • भारत र चीनबिचको पक्की पुल बन्न चाहन्छौं  : मन्त्री सुदन किराँती

    बुटवल, मंसिर २२ ।

    सँस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल दुई ठूला छिमेकी भारत र चिनविचको पक्की पुल बन्न चाहेको बताएका छन ।

    भारतीय दुतावसा काठमाडौंले बुद्धजन्मस्थल लुम्बिनीमा शुक्रबार आयोजना गरेको भारत नेपाल साँस्कृतिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले आर्थिक रुपमा सबल रहेका दुई छिमेकी देशसँग नेपालको ऐतिहासिक सम्बन्ध रहेकाले आफुहरु पक्की पुल बन्न चाहेको बताएका हुन । ‘यो देश गौतबुद्ध र सगरमाथाको हो, यो देश सिताको पनि हो, भृकुटीको पनि हो । हाम्रो चेली भृकुटी चिनतर्फ गईन, सिता छिमेकी भारततर्फ गईन, त्यसैले हाम्रो सम्बन्ध आजको होईन, इतिहासदेखिको हो’ मन्त्री किराँतीले भने ।

    नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवको उपस्थितीमा भएको कार्यक्रमा मन्त्री किराँतीले लामो समयदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटका बिषयमा भारत सकरात्मक नभएको तर्फ संकेत गर्दै हवाई रुटमा पुर्नविचार गर्न आग्रह गरे । ‘नेपालको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने हवाई रुटका सन्दर्भममा महामहिम मार्फत फेरी नेपाली जनताको तर्फबाट आग्रह गर्दछु, पुर्नविचार गरियोस्, सम्बन्धीत निकायमा पुगोस हाम्रो अपेक्षा छ’ उनले भने ।

    उनले भारतीय दुतावसले लुम्बिनीमा गरेको साँस्कृतिक कार्यक्रमले नेपाल र भारतविचको इतिहासदेखिको सम्बन्ध थप प्रगाण र पर्यटकीय हिसाबले पनि महत्वपूर्ण बनेको बताए । लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री किराँतीले लुम्बिनीको पर्यटनमा साँस्कृतिक कार्यक्रमले एउटा इट्टा थप गरेको बताए । भारतसँग नेपालको सम्बन्ध राम र सिताको पालादेखि जोडिएको बताए । साँस्कृतिक रुपमा नेपाल र भारत एक अर्काविच इतिहासदेखि नै जोडिएको बताए । ‘रामको मात्रै कुरा गर्दा भारत अपुरो हुन्छ, सिताको मात्रै कुरा गर्दा नेपाल अपुरो हुन्छ’ मन्त्री किराँतीले अगाडि भने –‘बुद्धजन्मस्थल लुम्बिनीको मात्रै कुरा गर्दा नेपाल अपुरो हुन्छ, महापरिनिर्वाण र ज्ञान प्राप्तीको मात्रै कुरा गर्दा भारत अपुरो हुन्छ ।’  भारतको काशी नपुग्दा नेपालीहरुको तीर्थयात्रा अधुरो र भारतीयहरु पशुपतीनाथ र मुक्तिनाथ नआउदा अधुरो हुने मन्त्री किराँतीले बताए ।

    मन्त्री किराँतीले जलवायु परिवर्तन विश्वको साझा चुनौत बनेकाले हिमालय क्षेत्रमा देखा परेको पर्यावरणीय संकट जोगाउनतर्फ भारत सरकारले सहयोग गर्नुपर्ने खाँचो औल्याए । उनले भारतीय सेनामा कार्यरत नेपाली सेनाका कारणले सम्बन्ध चिनि र पानीजस्तै गुलियो रहेको बताए ।

    उक्त कार्यक्रममा लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तव, पूर्वमन्त्रीहरु ह«देश त्रिपाठी, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे),  लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेय, स्वास्थ्यमन्त्री राजु खनाल, सामाजिक विकास मन्त्री सिके गुप्ता, प्रदेशसभा सदस्य निमा गिरी, काँग्रस लुम्बिनीका सभापती अमरसिंह पुन, नीजि क्षेत्रका उद्योग व्यवसायी लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

    कार्यक्रममा नेपाली शास्त्रीय संगित, थारु नृत्य र अन्य विभिन्न साँस्कृतीक प्रस्तुती राखिएको थियो । नेपाल र भारतविचको सम्बन्ध युगौदेखि रहेको र लुम्बिनीको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्यले लुम्बिनी विकास कोषसँग सहकार्य गरेर साँस्कृतिक कार्यक्रम गरेको कोषका उपाध्यक्ष संविधानसभा सदस्य डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले जानकारी दिए ।

    साँस्कृतिक कार्यक्रमसँगै मायादेवी मन्दिर परिसरमा भारतमा रहेका बुद्धिष्ट स्थलहरुको फोटो र मण्डलाको प्रदर्शनी गरिएको थियो । मण्डलाको सँस्कृती पर्यटन तथा नागरिक उडडन मन्त्री किराँतीले उद्घाटन गरे । यस्तै कार्यक्रम लगतै विभिन्न जातीय परिकारहरु अतिथि र सहभागीहरुलाई चखाइएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology