Logo बिहिवार, आश्विन १ गते २०८३
images

९ करोड ५५ लाखको कारोबार गर्दै सकियो छैठौं लुम्बिनी प्रादेशिक महोत्सव

९ करोड ५५ लाखको कारोबार गर्दै सकियो छैठौं लुम्बिनी प्रादेशिक महोत्सव

  • 1.6K
    SHARES

  • ९ करोड ५५ लाखको कारोबार गर्दै सकियो छैठौं लुम्बिनी प्रादेशिक महोत्सव

    भैरहवा,मंसिर १९ ।

    चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा भैरहवामा सञ्चालित छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) सम्पन्न भएको छ ।

    ‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवद्र्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बचाऔं’ भन्ने मूल नाराका साथ सिद्धार्थनगर–८ स्थित अञ्चलपुरमा मंसिर ६ गतेदेखि सुरु भएको महोत्सव मंसिर १८ गतेसम्म चलेको थियो । महोत्सवमा करिब ९ करोड ५५ लाख रुपैयाँको कारोबार भएको उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक दर्पण श्रेष्ठले बताए ।

    महोत्सवको १ लाख ५० हजार दर्शकले अवलोकन गरेको श्रेष्ठले जानकारी दिए । उनले विगतका वर्षहरुदेखि संगठनले व्यापार मेला, महोत्सव, सडक खाना महोत्सव लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताए ।उनले भने, ‘आर्थिक मन्दीमा अर्थतन्त्र चलायमान गराउन केही भए पनि टेवा पुगोस् भन्ने उद्देश्यले १३ दिनसम्म महोत्सव सञ्चालन गरेका छौं । ’ अस्थायी संरचनामा महोत्सव सञ्चालन गर्दा धेरै खर्च र समय लाग्ने गरेको उनको भनाइ छ ।

    महोत्सव समापन कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले आर्थिक मन्दीको बेला पनि महोत्सव सफलतापूर्वक सम्पन्न भएको बताए । उनले महोत्सव सफल पार्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । नगरप्रमुख खानले मण्डपको लागि अब जग्गाको खोजीमा लाग्नुपर्नेमा जोड दिए ।

    उनले महोत्सव आयोजना गर्न मण्डपको आवश्यकता रहेको बताए । उनले पर्यटनको विकासको लागि डण्डा कोरिडोर आवश्यक रहेको र डण्डा कोरिडोर योजना सफल भए पर्यटकको बसाइ लब्याउन सकिने बताए । त्यस्तै नेपाल चेम्बर अफ कमर्श, लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेलले मेला–महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धनमा सहयोग गर्ने बताए । 

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाका महाप्रबन्धक हंसराज पाण्डेले विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनुपर्छ भन्ने मागप्रति आफ्नो पनि ऐक्यवद्धता भएको बताए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर वि.क.ले महोत्सवले आर्थिक गतिविधिलाई चलायमान बनाउने विश्वास व्यक्त गरे । उनले मेला शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताए ।

    उद्योग व्यापार संगठन, रुपन्देहीका पूर्वअध्यक्ष नारायण प्रसाद भण्डारीले स्थायी मण्डप नहुँदा मेला–महोत्सव सञ्चालन झन खर्चिलो भएको बताए । उनले विदेशमा मेला–महोत्सव सरकारी निकायले सञ्चालन गर्ने र निजी क्षेत्रले स्टल राख्ने गरेको तर नेपालमा महोत्सव निजी क्षेत्रले सञ्चालन गरे पनि सरकारी निकाय विशेष गरी मन्त्रालयहरुबाट अपेक्षित सहयोग हुन नसकेको गुनासो गरे ।संगठनका पूर्वअध्यक्ष खिम बहादुर खत्रीले महोत्सव सफल पार्न विभिन्न स्थानबाट सहयोग प्राप्त भएको र सफलतापूर्वक सम्पन्न भएको बताए ।

    जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवले मेला–महोत्सव मनोरञ्जनका लागि मात्र नभइ यसले अर्थतन्त्र चलायमान गराउन सहयोग गर्ने बताए ।लुम्बिनी प्रेस क्लब, रुपन्देहीका कार्यबाहक अध्यक्ष कमल रायमाझीले विश्वव्यापी रुपमा आर्थिक मन्दी रहेको बेला पनि मेला–महोत्सव आयोजना गर्नु महत्वपूर्ण रहेको बताए । उनले महोत्सवमा केही कुरा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology