Logo मंगलवार, श्रावण १२ गते २०८३
images

शेखर कोइरालाले भने-‘आगामी चुनावमा वडादेखि संघसम्म कांग्रेस एक्लै चुनाव लड्नुपर्छ ’

शेखर कोइरालाले भने-‘आगामी चुनावमा वडादेखि संघसम्म कांग्रेस एक्लै चुनाव लड्नुपर्छ ’

  • 1.2K
    SHARES

  • शेखर कोइरालाले भने-‘आगामी चुनावमा वडादेखि संघसम्म कांग्रेस एक्लै चुनाव लड्नुपर्छ ’

    बुटवल मंसिर १६ ।

    नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेस वडादेखि आम चुनावसम्म एक्लै प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् ।

    पार्टीको प्रथम लुम्बिनी प्रदेश सम्मेलनलाई बुटवलमा सम्बोधन गर्दै नेता कोइरालाले एक्लै चुनाव लड्न अहिल्यैबाट तयारी थाल्न नेता कार्यकर्तालाई आग्रह गरे ।‘एक्लै चुनाव लड्नुपर्छ भनेर स्थानीय चुनावदेखि नै मैले भन्दै आएको हो’, कोइरालाले भने, ‘अब आगामी चुनावमा वडादेखि संघसम्म कांग्रेस एक्लै चुनाव लड्न पर्छ,आजैदेखि तयारी सुरु गर्नुस् ।’

    एक्लै चुनाव लड्न कांग्रेस एक ढिक्का हुनुपर्नेमा जोड दिंदै नेता कोइरालाले कांग्रेस एक ढिक्का भए कसैको सहारा लिनुनपर्ने बताए । २०८४ को चुनाव जित्न पार्टीको महाधिवेशन २०८२ भित्र सक्नुपर्ने कोइरालाको भनाइ छ ।नेता कोइरालाले कांग्रेस परिवर्तन भएमात्र देश परिवर्तन हुने बताए । गौतमबुद्धको उदाहरण दिंदै कांग्रेस परिवर्तन हुन नेताहरुले त्याग गर्न सक्नुपर्ने र उग्र महत्वाकांक्षा र खराब आचरण त्याग्न जरुरी रहेको बताए ।

    त्यागले मात्रै नयां नेपाल र नयाँ नेपाली कांग्रेस बन्ने कोइरालाको भनाइ छ । मुलुकमा भ्रष्टाचार र दण्डहीनता बढेको बढ्यै गरेको भन्दै कोइरालाले सुशासन र पारदर्शिता कायम नभएसम्म कांग्रेसले विश्राम लिन नहुने बताए ।

    राजनीतिज्ञ, उद्योगी–व्यापारी, कर्मचारीको मिलेमतोमा देशमा भ्रष्टाचार मौलाएको नेता कोइरालाले दावी गरे । बैंक सञ्चालक र उद्योगी ब्यापारी एउटै घरानाका हुँदा नेपालको अर्थतन्त्र समस्यामा परेको र बैंक ब्याजदर चर्को भएको नेता कोइरालाले बताए ।

    नेता कोइरालाले बैंकहरु सबैभन्दा ठूला मिटरब्याजी भएको आरोप लगाए । ‘८ प्रतिशतमा लिएको ब्याज ४ वर्षपछि १६ प्रतिशत पुगेको हुन्छ, साना किसानलाई ५–७ लाखका दरले दिनुपर्ने कृषिको सहुलियत कर्जा ठूला ब्यापारीलाई अरबौं दिइएको छ’, उनले भने, ‘यो विषयलाई नेपाली कांग्रेसले ठीक ठाउँमा ल्याउनुपर्छ ।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, मंसिर १६ २०८००६:४४:५१

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology