Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

जनताले ल्याएको गणतन्त्रको व्यवस्था नै उत्तम : महामन्त्री गगन थापा

जनताले ल्याएको गणतन्त्रको व्यवस्था नै उत्तम : महामन्त्री गगन थापा

  • 1.7K
    SHARES

  • जनताले ल्याएको गणतन्त्रको व्यवस्था नै उत्तम : महामन्त्री गगन थापा

    गुल्मी,मंसिर ९ ।

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गणतन्त्रका विषयमा उठिरहेको प्रश्न मुलुकमा गणतन्त्र भएकै कारणले सम्भव भएको धारणा राखेका छन् । नेपाली कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनको पहिलो दिन बृहत् आमसभामा महामन्त्री थापाले राजतन्त्रको समयमा आफूले राजतन्त्रका विरुद्ध प्रश्न उठाएकै कारण पक्राउ परेको बताए । 

    उनले कारागारमा कांग्रेस नेता प्रदीप पौडेललाई भेट्न जाँदा प्रहरीले आफूलाई समातेको स्मरण गरे । “अहिले देशमा विभिन्न बहनामा गणतन्त्रमाथि प्रश्न उठिरहेको छ”, उनले भने, “गणतन्त्र भएकै कारणले प्रश्न गर्न पाइएको हो, यदि राजतन्त्र भएको भए यसप्रकारको विरोध सुन्न पाइने थिएन ।” 

    नेतामाथि गाली गर्न, चित्त नबुझेको कुरामा प्रतिकार गर्न, व्यवस्था ठीक भएन भन्न र व्यवस्था बदल्छु भन्न पनि गणतन्त्र भएकाले नै सम्भव भएको उनको भनाइ छ । 

    गुल्मीको सदरमुकाम तम्घासस्थित चिदिचौरमा भएको कार्यक्रममा नेता थापाले जनताले ल्याएको गणतन्त्रको व्यवस्था नै उत्तम व्यवस्था रहेको बताए ।देशमा थुप्रै कमीकमजोरी रहेकामा त्यसलाई सच्याउनुपर्ने भन्दै उनले अन्य विकल्प खोज्न नपर्ने बताए ।nepali congress gulmi.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology