काैरव खत्री /बागलुङ कार्तिक १३ ।
बागलुङ बुर्तिवाङ राइजिङ युवा क्लवकाे काेजाग्रत पुर्णिमा मेलाकाे उद्घाटन गरिएकाे छ ।ढाेरपाटन नगरपालिका १ बुर्तिवाङ स्थित क्लवकाे २१ आै बार्सिकोत्सवकाे अवसरमा खेलकुद तथा सांस्कृतिक कार्यक्रमकाे उद्घाटन समारोहलाई सम्वाेधन गर्दै प्रमुख अतिथि ढाेरपाटन नगरपालिकाका कार्यवाहक नगर प्रमुख धन बहादुर कायत कल्याणले ढाेरपाटन पर्यटन क्षेत्रका प्रचुर सम्भावना भएकाे यसकाे वृद्वि र विकासमा जाेड दिनुभयो ।
साथै उहाँले खेलकुदलाई अनुशासित र मर्यादित बनाउनु पर्ने कुरामा जाेड दिदै राष्ट्रलाई चिनाउन भलिबल खेलकाे महत्त्वपूर्ण भुमिका रहने बताउनु भयाे ।
सरकारले कृषि क्षेत्रमा आलु र स्याउलाई स्तरीय बनाउन निति कार्यक्रममा समावेश गरिने बताउनु भयाे ।त्यस्तै अवसरमा ढाेरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद ज्ञवालीले क्लबले खेलकुद तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिदै जानु पर्नमा जाेड दिनुभयो ।त्यस्तै अवसरमा समाजसेवी गुञ्ज बहादुर भण्डारी ,समाजसेवी दिपक कुँवर,ढाेरपाटन नगरपालिका वडा न. ७ का वडा अध्यक्ष धन बहादुर अदइ, वडा न. ९ का वडा अध्यक्ष कुल बहादुर घर्तीले शुभकामना मन्तव्य राख्नुभएकाे थियोे ।
साथै खेलकुद तथा सांस्कृतिक मेलाकाे उद्घाटन समारोहमा राष्ट्रिय कलाकार दुर्गेश थापा, विमता घर्ती,तारा थापा लगायत स्थानीय कलाकारहरूले सांस्कृतिक प्रस्तुती रहेकाे थियो ।त्यस्तै आज पहिलो दिन पुरूष भलिबलका केही खेलहरू पनि सञ्चालन भएका थिए ।कार्यक्रम बुर्तिवाङ राइजिङ युवा क्लव ढाेरपाटन नगरपालिका १ बागलुङका अध्यक्ष मिथुन विश्वकर्माकाे अध्यक्षता तथा बुर्तिवाङ राइजिङ युवा क्लवका पुर्व अध्यक्ष तथा क्लवका सल्लाहकार यामु पाैवीकाे स्वागत मन्तव्यसगै शुरू भएकाे कार्यक्रमकाे सञ्चालनमा भने बुर्तिवाङ राइजिङ युवा क्लव सचिव काेशिस जिसी र कलाकार अञ्चल शाहीले गर्नु भएकाे थियाे । कार्यक्रम कार्तिक १८ गतेसम्म सञ्चालन हुने क्लवका अध्यक्ष मिथुन विश्वकर्माले जानकारी दिनुभयो ।
।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)