Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अर्थमन्त्री डा. युवराज खतिवडाले दिए पदबाट राजिनामा

अर्थमन्त्री डा. युवराज खतिवडाले दिए पदबाट राजिनामा

  • 4.2K
    SHARES

  • अर्थमन्त्री डा. युवराज खतिवडाले दिए पदबाट राजिनामा

    काठमाडौं,भदौ १९-

    अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजिनामा दिएका छन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनले राजिनामा बुझाएका हुन् । त्यसअगाडि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए ।

    अर्थमन्त्री खतिवडा साढे दुई वर्ष कार्यभार सम्हालेर बिदा भएका हुन् ।वित्तीय संघीयतामा शून्यबाट अगाडि बढेको र आधार बनाउनु पर्ने समय भएकाले बढी नै चुनौती रहेको अर्थमन्त्री खतिवडाको भनाइ थियो ।

    आफ्नो कार्यकालमा राजस्व प्रशासनमा समेत सुधार भएको खतिवडाले बताए । बिदाइको क्षणमा समेत अर्थमन्त्रीमा पद गुमेको भाव भने नझल्किएको अर्थमन्त्रालयका एक सहसचिवले बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology