Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७६५,चाैबीस घण्टामा थप ८ जनाकाे मृत्यु

नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७६५,चाैबीस घण्टामा थप ८ जनाकाे मृत्यु

  • 2.2K
    SHARES

  • नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७६५,चाैबीस घण्टामा थप ८ जनाकाे मृत्यु

    बुटवल,कार्तिक ४- 

    नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    २४ घण्टामा ३०९३ जनामा कोरोना संक्रमण भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ। हाल देशभर ४१ हजार ७७५ जना सक्रिय संक्रमित छन्। आज १३ हजार ५५९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्।

    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७०२ जना कोरोना संक्रमित थपिएका छन्। 

    काठमाडौंमा १४३१ जना, भक्तपुरमा १४८ र ललितपुरमा १२३ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। 

    देशमा कुल संक्रमितमध्ये ६९.४ प्रतिशत निको भएका छन्।  हाल क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार २२० छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology