बुटवल,भदौ ३१-
नेपाली कांग्रेसका महामन्त्री स्वास्थ्यमा समस्या देखिएपछि ओम अस्पताल भर्ना भएका छन् ।
उनमा कोरोना संक्रमण देखिएपछि केही दिनदेखि घरमै आइसोलेसनमा बसिरहेका थिए । मंगलवार अचानक ज्वरो देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।उनमा निमोनियाको लक्षण देखिएको अस्पताल स्रोतले जनाएको छ । डा कोइरालालाई मंगलबार साँझ ज्वरो बढेपछि चाबहिलस्थित ॐ अस्पतालमा भर्ना गरिएको हो ।
अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइराला नेतृत्वको टोली खटिएको छ ।टोलीमा सिनियर कन्सल्ट्यान्ट पल्मोनोलोजिष्ट डा। सुबोध सागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिष्ट डा. प्रमेश सुन्दर श्रेष्ठ लगायत छन् ।
डा. शशांकको अवस्था स्थिर र सुधारोन्मुख रहेको अस्पतालका प्रवन्ध सन्चालक बाबुकाजी कार्कीले जानकारी दिए ।पाँच वर्षअघि एस्पिरेशन न्युमोनियाका कारण अचानक अचेत हुँदा पनि डा। कोइरालाको उपचार ॐ हस्पिटलको सघन उपचार कक्षमा गरिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)