Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिलोत्तमा-४ ड्राइभरटोलकी ३६ वर्षीया पुष्पाको रहस्यमय मृत्यु,दिनहुँ आन्दोलन !

तिलोत्तमा-४ ड्राइभरटोलकी ३६ वर्षीया पुष्पाको रहस्यमय मृत्यु,दिनहुँ आन्दोलन !

  • 2.3K
    SHARES

  • तिलोत्तमा-४ ड्राइभरटोलकी ३६ वर्षीया पुष्पाको रहस्यमय मृत्यु,दिनहुँ आन्दोलन !

    बुटवल,साउन ३१ ।

    रुपन्देहीको तिलोत्तमा-४ ड्राइभरटोल निवासी ३६ वर्षीया पुष्पा टण्डनको रुद्रपुर जङ्गलमा झुण्डिएको अवस्थामा शव भेटिएपछि परिवारका सदस्यले हत्याको आशङ्का गर्दै छानबिनको माग गरेका छन् । 

    साउन २७ गते रुद्रपुरको जङ्गलमा झुण्डिएको अवस्थामा टण्डनको शव भेटिएको थियो । घटनापछि घरपरिवार तथा छिमेकी आन्दोलित भएका छन् । पुष्पाको घरमा सँगै बस्दैआएकी मृतक टण्डनका भतिजी २२ वर्षीया रन्जना टण्डनले छिमेकी रन्जीत भुसाललाई फुपुदिदी पुष्पाले पैसा सापटी दिएकै कारण उहाँको ज्यान गएको आरोप लगाउनुभयो । 

    पुष्पाका श्रीमान् केशव कार्कीेले मङ्गलबार प्रहरीसमक्ष किटानी जाहेरी दिनुभएको छ । रन्जीतले नै आफ्नो श्रीमतीको हत्या गरेको उहाँले जाहेरीमा उल्लेख गर्नुभएको छ । मृतकका श्रीमान् केशव कार्कीले भन्नुभयो, ‘मेरी श्रीमती पुष्पा बलियो आत्मबल भएकी मान्छे हुन्, उनले आत्महत्या गर्न सक्दिनन् ।’ 

    हत्या आरोप लागेका रन्जीत भुसाल र लक्ष्मी भुसाल प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) दानबहादुर थापाले बताउनुभयो । घटनाबारे थप अनुन्धान भइरहेको उहाँको भनाइ छ ।  

    प्रहरीका अनुुसार मृतकको पोष्टमार्टम रिपोर्टमा आत्महत्या देखिएको छ । तर परिवारले हत्या नै भएको दाबी गरेको छ । मृतकाका परिवारले दिनुहँ सडकमा दबाबमूलक कार्यक्रम गर्दै आएका छन् । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology