Logo मंगलवार, श्रावण १२ गते २०८३
images

ट्राफिक प्रहरीले नियन्त्रणमा लियो शिक्षा समन्वय इकाई रुपन्देहीको सरकारी गाडी !

ट्राफिक प्रहरीले नियन्त्रणमा लियो शिक्षा समन्वय इकाई रुपन्देहीको सरकारी गाडी !

  • 2.4K
    SHARES

  • ट्राफिक प्रहरीले नियन्त्रणमा लियो शिक्षा समन्वय इकाई रुपन्देहीको सरकारी गाडी  !

    बुटवल,साउन ६ ।

    शनिबार पनि बिना पास सरकारी गाडी दुरुपयोग गरेपछि ट्राफिक प्रहरीले गाडी नियन्त्रणमा लिएको छ । रुपन्देही जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख दिपेन्द्र ढकाल सवार सरकारी गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो  ।

    शनिबार विद्यालय अनुगमनको बहानामा प्रशासनको पास बिना गाडीमा सवार भएको अवस्थामा ट्राफिक प्रहरीले गाडी नियन्त्रणमा लिएको हो ।

    जिससको बा २ झ १०१० नम्बरको सरकारी गाडी नियन्त्रणमा लिइएको राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक होमबहादुर थापाले नागरिक अनलाइनलाइ बताए । उनले नियन्त्रणमा लिएको गाडी जिल्ला प्रशासनमा बुझाइदिने र सरकारी दुरुपयोगको अभियोगमा प्रशासनबाटै कारवाही हुने जानकारी दिए ।

    शनिबारको दिन सरकारी गाडीको दुरुपयोग गर्दै शिक्षा समन्वय प्रमुख ढकाल नुवाकोटमा मदिरा पार्टीमा फेला परेका थिए ।

    उनले जिल्ला प्रशासन कार्यालयको अनुमती विना शनिबार सरकारी गाडी लिएर घुमफिर र खानपानमा हिँडेको समाचार नागरिक अनलाइनमा प्रकाशित भए लगत्तै प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको निर्देशनमा ट्राफिक प्रहरीले गाडी नियन्त्रणमा लिएको बताइएको छ ।

    शनिबार विहान बुटवलबाट केवलकार चढेर वसन्तपुर पुगेका उनी दिउँसो पाल्पाको नुवाकोटमा थिए । उनीसँगै केही निजी विद्यालय संचालकहरु थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology