Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे रास्वपा सभापति रवि लामिछाने

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे रास्वपा सभापति रवि लामिछाने

  • 3.1K
    SHARES

  • प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे रास्वपा सभापति रवि लामिछाने

    काठमाडौँ,बैशाख १७ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । 

    बैशाख १० गते भएको उपनिर्वाचन चितवन –२ बाट प्रतिनिधि सभा सदस्यमा दोस्रो पटक निर्वाचित भएपछि लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न आइतबार बालुवाटार गएका हुन् । भेटमा प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई पुन निर्वाचित भएकोमा बधाई दिएका छन् ।

    यसैबीच रास्वपालाई सरकारमा आउन प्रधानमन्त्रीले आग्रह गर्दै आएका छन् । तर सो पार्टीले सरकारमा जाने नजानेबारे कुनै निर्णय गरिसकेको छैन । सो पार्टीले सरकारमा सहभागीताबारे निर्णय गर्न सोमबार बैठक बोलाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology