Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देही २ : हस्ताक्षर नमिलेको ३३ वटा बढि मतपत्र फेला, मतगणना स्थगित,एमालेबाहेकका दलहरु धर्नामा

रुपन्देही २ : हस्ताक्षर नमिलेको ३३ वटा बढि मतपत्र फेला, मतगणना स्थगित,एमालेबाहेकका दलहरु धर्नामा

  • 3.6K
    SHARES

  • रुपन्देही २  : हस्ताक्षर नमिलेको ३३ वटा बढि मतपत्र फेला, मतगणना स्थगित,एमालेबाहेकका दलहरु धर्नामा

    बुटवल,मंसिर ९ ।

    रुपन्देही २ को मतगणना रोकिएको छ । एमाले उपाध्यक्ष बिष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलको टक्कर रहेको यहाँ मतगणनाका क्रममा मतपेटिकामा हस्ताक्षर नमिलेका बढी मतपत्र भेटिएको छ ।

    पेटिकामा बढी मतपत्र भेटिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी र नेपाली कांग्रेस लगायतका दलहरूले धर्ना दिएका छन् । एउटा बाकस गन्दै जाँदा ३३ मत बढी भेटिएको र कतिपय मतपत्रमा हस्ताक्षर नमिलेको गणनामा संलग्न शंकर गाहाले बताए ।

    केही मत गणना बाँकी रहँदा पेटीकामा धेरै मत भेटिएपछि अहिले गणना स्थगित गरी धर्ना शुरु भएको छ । क्षेत्र न २ का निर्वाचन अधिकृत उद्वीर नेपाली उम्मेदवारी दर्तामा पुगेका दलहरुलाई फरक-फरक  ब्यबहार गरेपछि बिबादित छन् । एमाले बाहेकका  दलहरुले केहिबेरमा पत्रकार सम्मेलन गर्न लागेका छन् ।

    निर्वाचन अधिकृत नेपालीले भने डाटा राख्ने बिषयमा बिबाद भएको र केहिबेरमा सुचारू हुने दाबी गरे । बढी मतपत्र भेटिएको नभइ डाटा राख्ने बेला महिला-पुरुषको फरक टिपिएका कारण समस्या भएको कम्प्युटर अपरेटर बुद्धि पराजुलीले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology