बुटवल,मङसिर ४ ।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले रुपन्देहीको क्षेत्र नं. २ को बुटवल स्थित हेभी इक्युपमेण्ट कार्यालय परिसरमा मतदान गर्नुभएको छ । क्षेत्र नं. २ को प्रतिनिधि सभाका उम्मेदवार समेत रहनु भएका पौडेलले निर्वाचनले मुलुकलाई राजनीतिक स्थायित्व,अग्रगति र प्रगतितर्फ लिएर जाने बताएका छन्।
यस्तै रुपन्देही क्षेत्र नं. १ मा लोकतान्त्रीक बाम गठबन्धनबाट स्वतन्त्र उम्मेदवार रहनु भएका घनश्याम भुसालले तिलोत्तमा वडा नं. ९ को मतदान स्थलबाट मतदानमा सहभागिता जनाउनु भएको थियो । उहाँले निर्वाचन पछि पनि गठबन्धनकै सरकार बन्ने प्रतिक्रिया दिनु भयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ स्थित सिद्धार्थ रंगशालाबाट मतदान गर्नुभएको छ रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका बोहराले बिहान ७ः३० बजे मतदान गर्नुभएको हो । नेकपा एमाले, राप्रपा र जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट बोहरा उम्मेदवार हुनुभएको हो ।यस्तै बुटवल उपमहानगरपालिका मेयर खेलराज पाण्डेयले सडक डिभिजन कार्यालयको मतदानस्थलबाट मतदान गर्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)