बुटवल,असोज ३० ।
गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका भुवनेश्वर अर्यालले प्रचारप्रसारलाई तीब्रता दिएका छन् ।
यसअघि नेकपा एमाले र माओवादी केन्द्रको राजनीति गरेका अर्यालले यतिबेला स्वतन्त्रबाटलौरो चिह्न बोकेर उम्मेदवारी दिएका हुन् । अर्याल गुल्मीको रुरुक्षेत्र गाउँपालिका– २ ग्वादीका स्थानीय बासिन्दा हुन् ।
५२ बर्षिय अर्यालले विगतमा पूर्व गृहमन्त्री वामदेव गौतम र युवराज ज्ञवालीको स्वकीय सचिव भएर काम गरेका थिए । गुल्मी– १ मा सत्ता गठबन्धनका तर्फबाट कांग्रेस नेता डा.चन्द्र भण्डारी र नेकपा एमालेबाट प्रदीप ज्ञवाली उम्मेदवार छन् ।
ठूला पार्टीका नेताहरूले काम नगरेकाले आफूले उम्मेदवारी दिएको अर्यालले बताएका छन् । उनले रुख र सूर्यबाट थाकेका असन्तुष्टलाई आफ्नो बनाएर चुनाव जित्ने दाउ बनाएका छन् ।
गाँउमै रहेर जनतालाई नजिकबाट बुझेका अर्यालले आफ्नाे जित सुनिश्चित रहेको दाबी गर्छन् । उनले बिकास निर्माण,कृषि,शिक्षामा परिवर्तन गर्ने चाहाना रहेको नागरिक अनलाइलाई बताए ।
उनका कार्यानुभवहरु :
-सरस्वति मा बि लिम्घा , ग्वादी मा बि गुल्मी , ब्राइट ल्याण्ड स्कुल नेपाल गञ्ज ,एभरेस्ट माबि बुटवल र न्यु होराइजन बुटवल गरि दस बर्ष माध्यमिक बिद्यालयमा शिक्षक भई काम गरेको ।
-पूर्व गृह तथा उपप्रधानमन्त्री बामदेवको स्वकिय सचिब भई काम गरेको
-पूर्व स्थानीय बिकासमन्त्री युवराज ज्ञवालीको स्वकिय सचिव भई काम गरेको ।
-जनचेतना बचत तथा ऋण सहकारी लिको संस्थापक अध्यक्ष भई दुई कार्यकाल काम गरेको ।
- एक कार्यकाल ग्वादी माध्यमिक बिद्यालय गुल्मीमा ब्यवस्थापन समितिको अध्यक्ष ।
-अदुवा सहकारी संघ गुल्मीको सचिब भएर काम गरेको ।
-मेचीकाली बहुउद्देश्यीय सहकारी संस्था लिं रुपन्देहीको
एक कार्यकाल सञ्चालक समितिको सदस्य १
-सामूहिक बिकास बचत तथा ऋण सहकारी संस्था लिको एक कार्यकाल बोर्ड सदस्य ।
-समसामयिक बिषयमा निरन्तर अध्ययन र लेखन
हाल प्रोपराइटर युनिभर्सल जनरल सप्लायर्स र युनिभर्सल छपाई उद्योग बुटवल ।
-डाइरेक्टर- बुढानिलकण्ठ प्रेस प्रालि कलङ्की , काठमान्डौ
( रुरुक्षेत्र ग्वादीमा २०० बोट कागति खेती भैसकेको र एउटा दिगो पशुफर्म सञ्चालनको तयारीमा जग्गा चक्लाबन्दी गर्दै ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)