Logo बिहिवार, आश्विन १ गते २०८३
images

‘ संविधानलाई कसैले कुल्चिने प्रयास नगरोस्’ : प्रदेश प्रमुख अमिक शेरचन

‘ संविधानलाई कसैले कुल्चिने प्रयास नगरोस्’ : प्रदेश प्रमुख अमिक शेरचन

  • 2.0K
    SHARES

  • ‘ संविधानलाई कसैले कुल्चिने प्रयास नगरोस्’ : प्रदेश प्रमुख अमिक शेरचन

    बुटवल,असाेज ४ ।

    लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले ठूलो बलिदानबाट प्राप्त भएको संविधानलाई कुल्चिने प्रयास कसैले नगर्न अपिल गर्नुभएको छ  । उहाँले संविधानको पूर्ण परिपालन कार्यन्वयन गर्नका लागि सबैलाई जिम्मेवारी हुनुपर्ने बताउनुभयो ।

    शेरचनले संविधान दिवस २०७९ को अवसरमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा बताउनुभएको हो । प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानमामाथि हमला हुने प्रयास भइरहेकोले त्यस्ता प्रवित्तिलाई निस्तेज गर्नुपर्ने बताउनुभयो ।

    उहाँले नेपालको संविधान २०७२ ले आम नेपाली जनतालाई सार्वभौम बनाउनको लागि उद्धत रहेको बताउँदै आमले संविधानको पूर्ण पालन र कार्यन्वयनका लागि सबै अगाडि बढाउनको लागि परिवर्तनशील शक्तिहरु एक जुत हुनुपर्ने बताउनुभयो ।  उहाँले संविधानले व्यवस्था गरेको समानुपातिक, समावेशी सिद्धान्तलाई अंगिकार गरी अगाडि बढेर आम जनताको जीवनलाई समृद्धिमा विकास गर्नुपर्ने बताउनुभयो ।

    उहाँले सबैलाई संविधानको कार्यन्वय र परिचालनका लागि सबैलाई जिम्मेवार बनाउनको लागि सचेत नागरिकको सबैको भूमिका अगाडि बढाउनुपर्ने बताउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, सभामुख पूर्ण घर्तीलगायत प्रदेशका मन्त्री, विभिन्न सरोकारवाला निकायको आतिथ्यता रहेको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology