Logo बिहिवार, आश्विन १ गते २०८३
images

लौरो अभियानले गर्यो रुपन्देहीमा स्वतन्त्र उम्मेदवारी घोषणा,क्षेत्र न.२ मा डा.निकोलस,३ मा बन्जाडे

लौरो अभियानले गर्यो रुपन्देहीमा स्वतन्त्र उम्मेदवारी घोषणा,क्षेत्र न.२ मा डा.निकोलस,३ मा बन्जाडे

  • 3.0K
    SHARES

  • लौरो अभियानले गर्यो रुपन्देहीमा स्वतन्त्र उम्मेदवारी घोषणा,क्षेत्र न.२ मा डा.निकोलस,३ मा बन्जाडे

    बुटवल,भदौ ३१ ।

    स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानले रुपन्देहीमा उम्मेदवारी घोषणा गरेको छ । जसअनुसार प्रतिनिधि सभा सदस्यतर्फ रुपन्देही–१ मा विशाल बास्कोटा, २ मा डा.निकोलस भुसाल, ३ मा प्रख्यात बन्जाडे र ५ मा भीष्म राना छन् । 

    बास्कोटा स्वास्थ्यकर्मी, डा.भुसाल मनोरोग चिकित्सक,बन्जाडे अधिवक्ता र राना पूर्व भारतीय सैनिक हुन् । यस्तै प्रदेश सभा सदस्यतर्फ रुपन्देही ४ खमा सञ्जयकुमार मिश्रा र ५ क मा कमल ढकालले उम्मेदवारी घोषणा गरेका छन् । 

    यस्तै कपिलवस्तु क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यमा इन्जिनियर देवेन्द्रकुमार शर्मा र प्युठानमा रामचन्द्र केसीले उम्मेदवार बन्ने घोषणा गरेका छन् । उनीहरूलाई हाम्रो नेपाली पार्टीका अध्यक्ष अनन्तराज घिमिरे र लौरो अभियानका संयोजक सुमन सायमीले चुनाव चिन्ह लौरो प्रदान गरेका छन् ।  

    उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै हाम्रो नेपाली पार्टीका अध्यक्ष अनन्तराज घिमिरेले सक्षम र योग्य युवाहरूलाई निर्वाचित गरेर देश बनाउने संकल्पसहित लौरो अभियान शुरु भएको बताए । 

    लौरो अभियानका संयोजक सुमन सायमीले सत्तामा रहेका दलहरुमा गठबन्धनको अहंकार रहेको र दलीय सर्वसत्तावाद लादेको भन्दै नागरिकहरु यसबाट मुक्त भए मात्रै परिवर्तन आउन सक्ने बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology