Logo बिहिवार, आश्विन १ गते २०८३
images

मुक्तिनाथधाममा श्रावण शिवमहाेत्सव तथा चतुर्वेद यज्ञशाला,मुख्यमन्त्री केसीद्वारा उद्घाटन (फाेटाेफिचर)

मुक्तिनाथधाममा श्रावण शिवमहाेत्सव तथा चतुर्वेद यज्ञशाला,मुख्यमन्त्री केसीद्वारा उद्घाटन (फाेटाेफिचर)

  • 2.2K
    SHARES

  • मुक्तिनाथधाममा श्रावण शिवमहाेत्सव तथा चतुर्वेद यज्ञशाला,मुख्यमन्त्री केसीद्वारा उद्घाटन (फाेटाेफिचर)

    बुटवल,साउन २ ।

    बुटवल १२ नयाँगाउँमा रहेको मुक्तिनाथधाममा सोमबार बिशेष आरतीसहित श्रावण शिवमहोत्सव तथा चतुर्वेद यज्ञशाला उद्घाटन गरिएको छ ।dham a.jpgcm samman.jpg

    धाममा लुम्बिनी प्रदेशका मुख्मन्त्री कूलप्रसाद केसीले  रुद्धाभिषेक सहित शिवमहोत्सव तथा चतुर्वेद यज्ञशाला उद्घाटन गरेका हुन् । केसीले धामलाइ ऐतिहासिक स्थलका रुपमा विकास गरिने र सरकार धार्मिक पर्यटन मार्फत् आर्थिक समृद्धीको दिशामा अघि बढेको बताए ।

    सो अवसरमा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ,बुटवल नगर प्रमुख खेलराज पाण्डेय लगायतले पूजाअर्चना गरेका थिए । सो अवसरमा मुख्यमन्त्री केसीलाइ अभिनन्दन गरिएको थियो ।muktinath dham.jpg

    धाममा प्रमुख संरक्षक स्वामी लोकानन्दले प्रदेशकै मुल धामको रुपमा मुक्तिनाथधामलाई स्थापित गरिएको बताए । उनले धामको गुरुयोजना पूरा गर्न थप ३ करोड आबश्यक रहेको बताए ।  उनले प्रदेश सरकार ,उर्जा,पर्यटन मन्त्रालय तथा स्थानिय सरकारबाट धामको प्रबर्धनमा भएको सहयोगप्रति आभार ब्यक्त गरे ।

    mandir muktinath.jpg

     

    धाममा सेवाका लागि २० भन्दा बढी धार्मिक संघसंस्थाका पदाधिकारीको उपस्थिति रहेको थियो । 

    साउनको पहिलो सोमबार आज देशभरका शिवधामहरुमा बिहानदेखि भक्तजनको घुइँचो लागेको छ । सूर्य दक्षिणायन भएको पहिलो साउने सोमबार भगवान शिवको प्रिय भएकाले यस दिन शिवालयमा पूजा, ब्रत, दर्शन एवं जल चढाउने परम्परा छ ।

    साउन महिनामा पवित्र नदी, तालबाट जल लगेर शिवालयमा चढाउन बोलबम यात्रा गर्ने चलन बढ्दै गएको छ । यस्मा युवापुस्ताको पनि बाक्लो सहभागिता हुँदै गएको देखिन्छ ।dham a.jpg

    साउनको सोमबार व्रत बसी भगवान शिवको उपासना गरेमा पारिवारिक कल्याण, सुख शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेकाले शिवधामहरुमा बिहानैदेखि श्रद्धालुको ओइरो लागेको हो ।guru.jpg

    रुपन्देहीका शिवधामहरु मुक्तिनाथधाम, सैनामैनाको पर्रोहा परमेश्वर बोलबमधाम, नरेनापुर शिवधाम, सिद्धबाबाधाम, निलकण्डबाबा धामहरुमा पनि बिहानैदेखि भक्तजन जर्लापणका लागि पुगेका छन् ।mandir a.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology