Logo बिहिवार, आश्विन १ गते २०८३
images

‘तिलोत्तमाका सडक सरकारी बजेटबाटै कालोपत्रे गरिने ’

‘तिलोत्तमाका सडक सरकारी बजेटबाटै कालोपत्रे गरिने ’

  • 2.3K
    SHARES

  • ‘तिलोत्तमाका सडक सरकारी बजेटबाटै  कालोपत्रे  गरिने ’

    बुटवल, वैशाख २३  । 

    रुपन्देहीको तिलोत्तमामा गठबन्धनले सबै सडक नगरपालिकाकै बजेटमा कालोपत्रे गर्ने योजना तयार पारेकोे छ । हाल कायम रहेको ६०–४० प्रतिशत लगानीको प्राबधान खारेज गर्दै नगरका सबै भित्रि सडक कालोपत्रे गर्दा उपभोक्ताबाट रकम नउठाइने र नगरकै लगानीमा निमार्ण गरिने कांग्रेसका मेयर पदका उम्मेदवार रामकृष्ण खांणले बताउनुभयो ।

    ‘हामी जनताको सेवामा जुटेका र्छौ,यसअघिको सरकारले काम भन्दा गफ नै लगाएर प्रचारमात्र गर्यो,हामी काम गरेर देखांउछौं ।’— उहाको भनाइ छ ।यहि बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रको गठबन्धनले संयुक्त घोषणापत्रमै यो कुरा उल्लेख गरेपछि तिलोत्तमामा नागरिक उत्साहित भएका छन् ।

    भौतिक तथा पूर्वाधार बिकासमा कांग्रेस नेतृत्वले सम्बोधन गरेपछि स्थानीयहरु खुसी भएका छन् । तिलोत्तमा ११ का तेजबहादुर खत्रीले जनतामा उत्साह भरिएको बताउनुभयो । स्थानीय रामबहादुर गुरुङ भन्छन् —‘यसपटक जनताले चिनेको र सुखदुखमा सधै भेटिने उम्मेदवारलाइ रोज्ने हो,गफ भन्दा काम गर्नेलाइ सहयोग गरिन्छ ।’

    तिलोत्तमामा बाहिरी सडकको बढी चर्चा भएपनि भित्रि सडकको बेहाल अवस्था रहेकाले जनताले यसपटक बिकल्पमा गठबन्धनलाइ रोज्ने उहाको दाबि छ । भ्रष्टचारमुक्त तिलोत्तमा नगर भन्ने मुल मन्त्रसहित रुपन्देहीको तिलोत्तमामा गठबन्धनले प्रतिबद्धतापत्र सार्बजनिक गरेको थियो ।

    त्यस्तै तिलोत्तमामा ५ वर्ष भित्र चक्रपथ निर्माण कार्य सम्पन्न गरिने  र भित्री सहकहरुमा सडकबत्ती व्यवस्थापन प्रभावकारी बनाउने भनिएको छ ।नगरमा प्रमुखका उम्मेदबार रामकृष्ण खांण र उपप्रमुखका उम्मेदवार हेमन्त पाण्डे चुनावी मैदानमा हुनुहुन्छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology