Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अविरल वर्षासँगै खसेको पहिरोले पाल्पा तिनाउका आठवटा घरमा क्षति (फाेटाेफिचर)

अविरल वर्षासँगै खसेको पहिरोले पाल्पा तिनाउका आठवटा घरमा क्षति (फाेटाेफिचर)

  • 6.7K
    SHARES

  • अविरल वर्षासँगै खसेको पहिरोले पाल्पा तिनाउका आठवटा घरमा क्षति (फाेटाेफिचर)

    बुटवल,असोज १०-

    शुक्रबार रातिको अविरल वर्षासँगै खसेको पहिरोले तिनाउ गाउँपालिकाको दोभान, झुम्सा, घोडेबासलगायतका स्थानका आठवटा घरमा पहिरोले क्षति पुगेको छ ।badi ghar.jpg

    पहिरोले दोभानको घोडेबासस्थित टिकाराम खरेल,यज्ञ खरेल र नारायण खरेलको घरमा क्षति पुगेको छ ।पहिरोले उनीहरुको घरमा क्षति पुर्‍याएको स्थानीय युवा ताेया लम्सालले नागरिक अनलाइनलाइ जानकारी दिए ।dovan ghar pahiro palpa 2.jpg

    तिनाउ गाउँपालिका–२, कै भीमबहादुर भुजेलको पनि माथिल्लो भागबाट खसेको पहिरोले घर पूर्ण रुपमा क्षति पुगेको छ । तिनाउ गाउँपालिका–३, सिद्धार्थ राजमार्ग क्षेत्रका अर्घाछापका लीलाबहादुर थापाको घर, च्याउघरलगायतमा पहिरोले क्षति पुगेको छ ।dovan ghar pahiro palpa 4.jpg

    राजमार्गको माथिल्लो भागमा पहिरो खस्दा रुखसहितले घरमा क्षति पुगेको प्रहरी चौकी दोभानका प्रहरी सहायक निरीक्षक विक्रम भुसालले जानकारी दिए । उनका अनुसार तिनाउ गाउँपालिका–३, कै अमरसिंह प्रधान र राजबहादुर श्रेष्ठको घर पनि पहिरोको जोखिममा परेको छ ।dovan ghar pahiro palpa 5.jpg

    वडाध्यक्ष प्रेमप्रसाद पाण्डेयले रातभरको अविरल वर्षाले के कति क्षति भएको छ भन्ने अझै यकिन तथ्यांक आउन नसकेको बताए ।3.jpg2.jpg1.jpg

    तस्वीरहरू: ताेया लम्साल ।

    याे पनि :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology