Logo बिहिवार, आश्विन १ गते २०८३
images

६५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप दिन सर्वोच्चको अन्तरिम आदेश

६५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप दिन सर्वोच्चको अन्तरिम आदेश

  • 3.0K
    SHARES

  • ६५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप दिन  सर्वोच्चको अन्तरिम आदेश

    बुटवल,असार ८ -

    सर्वोच्च अदालतले कोभिशिल्डको पहिलो डोज खोप लगाएका ६५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप दिन अन्तरिम आदेश जारी गरेको छ ।

    न्यायाधीश ईश्वर खतिवडाको इजलासले गत फागुनमा कोभिशिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप दिन ढिला भइरहेको भन्दै यथाशीघ्र खोप व्यवस्था गर्न अन्तरिम आदेश दिएको हो ।

    विश्व स्वास्थ्य संगठनले कोभिशिल्ड खोप पहिलो डोज लगाएको ८ देखि १२ हप्तासम्म लगाउन सकिने सिफारिस गरेको छ । तर नेपालका ६५ वर्षमाथिका साढे १३ लाख ज्येष्ठ नागरिकले पहिलो डोज खोप लगाएको १२ हप्ता नाघिसकेको छ ।

    ज्येष्ठ नागरिकलाई खोप माग्दै अर्जुनराज गिरीसमेतले सर्वोच्च अदालतमा रिट दिएका थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology