बुटवल,फागुन १९ -
रुपन्देहीको सैनामैनामा विश्व हिन्दु महासंघ नेपाल गठन भएको छ। समाजसेवी धार्मिक ब्यक्तित्व टिकाराम अर्यालको अध्यक्षतामा २३ सदस्यीय नगर कार्य समिति गठन भएको हाे ।
केद्रिय सदस्य तथा जिल्ला अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठको प्रमुख आतित्थता विशिष्ट अतिथि केन्द्रीय सदस्य डिल्ली प्रसाद शर्मा आचार्यको सक्रियता एबं केन्द्रीय सदस्यहरु अरुण कुमार श्रेष्ठ,लोकनाथ पाण्डे,मिना देवि सापकोटा,केन्द्रीय सदस्य एबं विश्व हिन्दु युवा संघ रुपन्देहीका अध्यक्ष शिव मल्ल,बुटवल नगर अध्यक्ष चन्द्रमान श्रेष्ठ,देवदह नगर अध्यक्ष गणेश आचार्यको उपस्थितिमा रहेको थियाे ।
सैनामैनाका ११ वटै वडाका १५० भन्दा बढि प्रवुद्द ब्यक्तित्वहरुको उपस्थिति थियो।निर्वाचन समितिको संयोजकमा गोविन्द लम्साल सदस्यमा लोकनाथ अधिकारी र तुल्सा भुसाल चयन हुनुभएको थियो।
उपाध्यक्ष त्रयमा सानू गौतम,केश बा राना,धनराज चौधरी,सचिवमा हरि शर्मा गौतम,सहसचिवमा लिला भण्डारी,कोषाध्यक्षमा ईन्द्र बहादुर जिसि,सह कोषाध्यक्षमा पतिराम चालिसे,सदस्यहरुमा क्रमश मिना केसी,कमला धिमिरे,मुना पौडेल,टीका कुमारि पौडेल,रमा पौडेल,बासुदेव धिमिरे,लक्ष्मी नारायण सुवेदि,किरण तिवारि,सुनिल चौधरी,हरि बा क्षत्रि,निम बहादुर बस्नेत,महेश खराल चयन हुनु भएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)