Logo शनिवार, श्रावण १६ गते २०८३
images

कप्तानगञ्ज घटना : पीडित र गृहमन्त्रीबीच सात बुंदे सम्झौता

कप्तानगञ्ज घटना : पीडित र गृहमन्त्रीबीच सात बुंदे सम्झौता

  • 507
    SHARES

  • कप्तानगञ्ज घटना : पीडित र गृहमन्त्रीबीच सात बुंदे सम्झौता

    इनरुवा , साउन १५ ।

    सुनसरीकाे देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्ज घटनाका मृतकका परिवार  पीडित र गृहमन्त्री बीच सात बुदे सम्झौता भएको छ ।

    गएराती गृहमन्त्री सुधन गुरुङ्ग मृतकको घरमा पुगेर मृतक र पिडित परिवारलाई न्याय दिने गरि सात वुदे सहमति गर्नुभयो । सहमति पत्रमा आज दुवै मृतकको अन्तिम संस्कार गर्ने , मृतकद्वयलाई नेपाल सरकारवाट शहीद घोषणा गर्ने प्रकृया तत्काल अगाडि बढाउने , मृतकका परिवारलाई जनही  दश लाख रुपियाँ नेपाल सरकारको तर्फबाट उपलब्ध गराउने, श्रावण १० गते राति देवानगञ्ज-३, कप्तानगञ्जमा भएको घटनाको निश्पक्ष र प्रभावकारी छानबिन गरी दोषी उपर प्रचलित कानून बमोजिम आवश्यक कार्वाही प्रकृया तत्काल अगाडि बढाउने ,देवानगञ्ज गाउँपालिका-३, स्थित मदरसाको कानूनी हैसियत तथा सम्बन्धित विषयहरुबारे आवश्यक छानविन तत्काल प्रारम्भ गर्ने सहमति भएको छ । 
    प्रत्येक मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसहरु प्रचलित कानून बमोजिम यथाशिघ्र कार्यान्वयनका लागि आवश्यक प्रकृया अगाडि बढाउने र मृतकद्वयको सम्झनामा गाउँपालिकाको उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने भएको छ ।

    देवानगञ्ज गाउँपालिका वडा नं. ३. कप्तानगञ्जमा गत श्रावण १० गते भएको दुःखद् घटनामा परी मृत्यु भएका ओम प्रकाश मेहता र जय प्रकाश मेहताको अभिभावकहरु पहिलो पक्ष र गृह मन्त्रालय गृहमन्त्री गुरुङ दोश्रो पक्ष बीच मागहरु याथाशिघ्र सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिएकाे छ।
    मृतक ओमप्रकाश मेहताका अभिभावक किसुनदेव मेहताले आन्दोलन फिर्ता लिने समेत बताउनुभयो । अर्को मृतक जयप्रकाश मेहताका अभिभावक नरेश मेहताले गृहमन्त्रीसंग सम्झौता अनुसार आज दिउँसो २ बजे  शव यात्रा सहित मृतकको अन्तिम संस्कार गर्ने बताउनुभयो ।IMG_7059.jpeg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, श्रावण १५ २०८३०७:३३:१९

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology