Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ

बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ

  • 1.0K
    SHARES

  • बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ

    बुटवल,साउन ६ ।

    बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका वडानं ९ स्थित नयाँबसपार्क ईलाकाबाट आधुनिक रिभल्वर र गोलीसहित १ जना पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा मकवानपुर बागमती गाउँपालिका वडा नं ९ बस्ने २६ वर्षिय रेशम तुङसिङ मगर रहेको प्रहरीले जनाएको छ । विशेष सूचनाको नयाँबसपार्क ईलाकामा शंकास्पद रुपमा हिडडुल गरी रहेका तुङसिङ मगरलाई कानुन बमोजिम खानतलासी गर्दा निजको साथबाट रिभल्वरको गोली १ थान फेला परेको तथा प्रारम्भिक अनुसन्धान पश्चात उनको बासस्थानबाट रिभल्वर १ थान र त्यसमा लाग्ने थप गोली ५ थान बरामद भएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी कृष्ण कुमार चन्दले बताए ।

    पक्राउ परेका मगरलाई हातहतियार खरखजना मुद्धामा अदालतबाट आज ५ दिनको म्याद लिएर थप अनुसन्धानकार्य जारी रहेको डीएसपी चन्दले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology