Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी मन्त्रिपरिषद्को बैठक सम्पन्न, प्रदेश सचिवहरूको जिम्मेवारी तोकियो

लुम्बिनी मन्त्रिपरिषद्को बैठक सम्पन्न, प्रदेश सचिवहरूको जिम्मेवारी तोकियो

  • 1.0K
    SHARES

  • लुम्बिनी मन्त्रिपरिषद्को बैठक सम्पन्न, प्रदेश सचिवहरूको जिम्मेवारी तोकियो


    दाङ,साउन १ ।

    लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका(देउखुरी)मा बसेको छ ।

    मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेश सरकारका सचिवहरूको जिम्मेवारी तोक्ने निर्णय गरेको छ । 
    प्रदेश सचिव भरतमणि पाण्डेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ । हाल आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिव रहनुभएकी सुशिला अर्याललाई सामाजिक विकास मन्त्रालयको सचिवको जिम्मेवारी तोकिएको छ । त्यस्तै, सामाजिक विकास मन्त्रालयका सचिव दिवाकर भण्डारीलाई शिक्षा तथा सामाजिक विकास निर्देशनालयको जिम्मेवारी प्रदान गरिएको छ ।
    बैठकमा आर्थिक वर्ष २०८२\०८३ को वित्तीय प्रगतिको समीक्षा पनि गरिएको छ ।

    सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री रामजीप्रसाद घिमिरेका अनुसार चालुतर्फ ६७ दशमलव ७७ प्रतिशत र पुँजीगततर्फ ६६ दशमलव ८० प्रतिशत खर्च भएको जानकारी मन्त्रिपरिषद् बैठकमा प्रस्तुत गरिएको थियो ।
    यसैगरी, प्रमुख सचिव कृष्णप्रसाद काप्रीले संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाउनुभएको छ । उक्त प्रतिवेदनको अध्ययनपछि आगामी मन्त्रिपरिषद् बैठकबाट आवश्यक निर्णय गरिने सरकारका प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, श्रावण १ २०८३०५:५८:५७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology