बुटवल ,असार १५ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागको संयुक्त आयोजनामा सम्पन्न एक दिवसीय लुम्बिनी प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी–२०८३ सफलतापूर्वक सम्पन्न भएको छ।
गोष्ठीमा प्रदेश अन्तर्गतका जिल्ला तथा अनुसन्धान इकाइहरूले आर्थिक वर्ष २०८२/८३ मा भएका अनुसन्धान कार्यको समीक्षा, चुनौती, उत्कृष्ट अभ्यास तथा आगामी कार्ययोजनामाथि प्रस्तुतीकरण गरेका थिए। साथै, अनुसन्धानलाई थप वैज्ञानिक, प्रमाणमा आधारित, प्रविधिमैत्री तथा पीडितमैत्री बनाउने विषयमा सार्थक छलफल सम्पन्न भयो।
यस वर्ष पहिलो पटक सञ्चालन गरिएको “Best Investigation Showcase” मार्फत जिल्लाहरूले आफ्नो उत्कृष्ट अनुसन्धान प्रस्तुत गर्दै अनुसन्धान रणनीति, नवीन अभ्यास तथा सिकाइहरू आदानप्रदान गरेका थिए। उत्कृष्ट अनुसन्धान प्रस्तुत गर्ने टोलीलाई “उत्कृष्ट अनुसन्धान सम्मान” प्रदान गरिएको थियो।
गोष्ठीको अन्त्यमा सहभागी जिल्ला प्रहरी कार्यालय प्रमुखहरू, अनुसन्धान शाखा प्रमुखहरू तथा इलाका प्रहरी कार्यालय प्रमुखहरूले अनुसन्धानलाई अझ व्यावसायिक, गुणस्तरीय, प्रमाणमुखी तथा नागरिकमैत्री बनाउन साझा प्रतिबद्धता पत्र मा हस्ताक्षर गरेका छन्।
सिकाइ, समीक्षा, नवप्रवर्तन र साझा प्रतिबद्धतामार्फत अनुसन्धानलाई अझ प्रभावकारी बनाउने हाम्रो अभियान निरन्तर जारी रहनेछ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)