बुटवल ,असार १३ ।
प्रहरी नायब महानिरीक्षक (डीआईजी) भूपेन्द्र खत्रीको नेतृत्वमा रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले नेपाल प्रहरीको आन्तरिक कार्यसम्पादन मूल्याङ्कनमा देशभर पहिलो स्थान हासिल गरेको छ ।
प्रहरी प्रधान कार्यालयले मातहतका प्रदेश प्रहरी कार्यालयहरूको कार्यसम्पादन, अपराध नियन्त्रण, शान्ति सुरक्षा व्यवस्थापन तथा नागरिकमुखी प्रहरी सेवाका आधारमा गरेको मूल्याङ्कनमा लुम्बिनी प्रदेश प्रहरी उत्कृष्ट ठहरिएको हो ।
डीआईजी खत्रीको नेतृत्वमा लुम्बिनी प्रहरीले प्रविधिमैत्री सेवा, नागरिकसँगको सम्बन्ध सुधार तथा प्रभावकारी सुरक्षा व्यवस्थापनलाई प्राथमिकतामा राख्दै विभिन्न नव प्रवर्तनात्मक अभियान सञ्चालन गर्दै आएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)