बुटवल,फागुन १४ ।
बुटवल उपमहानगरपालिका वडा नम्बर १२ मा ३५ जना युवाहरु विभिन्न राजनीतिक दल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार चुन्न प्रसाद पौडेलको समर्थन संगै प्रवेश गरेका हुन् ।कांग्रेसले संगठन विस्तार अभियान तीव्र पारेकै बेला युवाहरुको यो प्रवेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
वडा नं. १२ मा तामनगरमाआयोजित कार्यक्रममा समानुपातिक उम्मेदवार रिता सेन ओली ,पार्टी सभापति धर्म शर्माआचार्य, महासमिति सदस्य दीर्घ बहादुर केसी (कुमार),तरुण दल रुपन्देहीका जिल्ला सचिव रमेश शाही, नेपाल तरुण दल क्षेत्र नम्बर २ का सभापति हसन्त लामा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै वडा सभापति धर्म आचार्यले युवाहरुको प्रवेशले पार्टीलाई थप ऊर्जा मिलेको बताए । उनले “नेपाली कांग्रेस लोकतन्त्रको मूल आधार हो । युवाहरुको विश्वासले संगठन झन् बलियो बनेको छ । अब विकास र सुशासनका एजेन्डा लिएर अघि बढ्छौं ।”

युवा परिचालन समिति वडा नम्बर १२ का संयोजक टिकाराम भट्टराईले नेपाली कांग्रेसमा युवा नेतृत्व चयन भएपछि युवाहरुमा नयाँ उत्साह देखिएको उल्लेख गर्दै संगठन विस्तारलाई अझ प्रभावकारी बनाइने बताए । उनका अनुसार बदलिएको राजनीतिक परिवेशमा कांग्रेसप्रति युवाहरुको आकर्षण बढ्दो क्रममा रहेको छ ।
नवप्रवेशी युवाहरुले देशमा स्थायित्व, विकास र अवसर सिर्जनाका लागि कांग्रेस उपयुक्त शक्ति रहेको भन्दै संगठित रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।कार्यक्रमको सञ्चालन तरुण दल बुटवल नगर समितिका सभापति सुजन पुनले गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)