Logo मंगलवार, श्रावण १२ गते २०८३
images

चालीस बर्ष मुनिका १५० जना युवा कांग्रेसमा प्रवेश

चालीस बर्ष मुनिका १५० जना युवा कांग्रेसमा प्रवेश

  • 1.0K
    SHARES

  • चालीस बर्ष मुनिका १५० जना युवा कांग्रेसमा प्रवेश

    बुटवल, फागुन १० ।

    निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली बुटवलका १५० युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।आइतबार नेपाली कांग्रेसका ४० बर्ष मुनिका युवा भेलामा १५० जना युवा नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।नव प्रवेशीहरूलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रकाश रानाले पार्टीमा स्वागत गरेका हुन् ।

    सो अवसरमा बोल्दै रानाले २०४८ सालभन्दा अघि टेलिफोन समेत नभएको अवस्थामा कांग्रेस नेतृत्वको सरकारले ल्याएको संचार नीतिका कारण अहिले हातहातमा मोबाइल,भौतिक पुर्वाधार विकास,शिक्षा नीति स्वास्थ्य नीतिका कारण विकास निर्माणले गति लिएको बताए ।

    सो अवसरमा युवा नेता सुनिल शर्माले जेनजी आन्दोलन भ्रष्टाचारको अन्त्य र नेताहरूको अस्वभाविक रहनसहन बिरूद्व रहेको बताए । उनले सामाजिक सञ्चाल मार्फत सेलिब्रेटी भएर मात्रै देश चलाउन नसकिने बताए ।देश रेश र्याप,उखान टुक्काले देश नचल्ने र भिजन चाहिने बताए ।

    कार्यक्रममा अध्यक्ष विजय गुरूङ, प्रशिक्षण विभाग सदस्य सचिव बालकृष्ण पौडेल,प्रदेश प्रतिनिधि नरेश कुमार पुन,बिद्यार्थी नेता सुदिप शर्मा,,नेविसंघ केन्द्रीय सदस्य अशोक गौतम, राजु रास्के लगायतले बोल्दै जेनजी आन्दोलनपछि परिवर्तन भएको दल नेपाली कांग्रेस मात्रै भएको उनीहरुको भनाइ छ ।कार्यक्रममा चालीस बर्ष मुनिका १५० जना युवा कांग्रेसमा प्रवेश गरेका छन् ।vela youth (1).jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology