Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपाली कांग्रेसको प्रतिज्ञापत्र : किसान प्रगतिका मुख्य सारथी

नेपाली कांग्रेसको प्रतिज्ञापत्र : किसान प्रगतिका मुख्य सारथी

  • 909
    SHARES

  • नेपाली कांग्रेसको प्रतिज्ञापत्र : किसान प्रगतिका मुख्य सारथी

    जनकपुर, फागुन ७ ।  

    नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेसको नेता नभइ मधेसको बेटा हुन सर्लाहीबाट चुनावी मैदानमा आएको बताउनुभएको छ ।

    बुधबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजित कार्यक्रममा प्रतिज्ञापत्र सार्वजनिक गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । 

    “यही सङ्कल्प लिएर आज म कांग्रेसको सभापति भइसकेपछि काठमाडौंको आफ्नो निर्वाचन क्षेत्र नं ४ का मेरा मतदाताहरु मेरा माता पिता, मेरा श्रद्धेय अभिभावक जसले मलाई यत्रो बनाउनुभयो । मेरो क्षेत्रका सबै मतदातालाई धन्यवाद दिएर आज बिहानै मात्र पनि मेरो क्षेत्रमा बस्ने सय वर्ष नाघिसक्नुभएको पुरानो घर सिरहा रहेको दिव्य शताब्दी पुरुष गौरीशंकरलाल दासलाई ढोगेर आशिर्वाद लिएर, मलाई तीन पटक निर्वाचनमा यहाँ जिताउनुभयो”, उहाँले भन्नुभयो, “म मधेस जाँदैछु, सर्लाही जाँदैछु, तपाईको आशिर्वाद लिएर जाँदैछु भनेर सर्लाही आएको छु । मैले यहाँ आएर भनें, म मधेसको नेता हुन यहाँ आएको होइन, मधेसको बेटा हुन आएको हुँ ।”

     

    मधेसबाट चुनाव लड्ने घोषणासँगै विभिन्न जिज्ञासाहरु आइरहेको भन्नुहुँदै उहाँले मधेसलाई सम्मान गर्ने नेपाल निर्माण गर्न चाहेको बताउनुभयो । 

    “यसो भनेपछि केही साथीहरुले मलाई सामाजिक सञ्जालमा तपाईको आमा मधेसी हो भनेर सोध्नुभयो । मैले भनें, मेरो नसामा मधेसी आमाको रगत छैन । म ढाँट्दिनँ । तर, मेरो यहाँ छातीमा दुर्गानन्द झा छ”, उहाँले भन्नुभयो, “म यहाँबाट कतार गएको मधेसको एउटा युवकको सपना पुरा गर्न आएको छु । म यहाँ एउटा मधेसको माईको सपना पुरा गर्न आएको छु । म मधेसमा डुब्न आएको । म यहाँको समस्या बोक्न् आएको । म नेपाललाई यस्तो बनाउन चाहन्छु । जहाँ काठमाडौंँले बढो मायाका साथ मधेसलाई सम्मान गरोस् ।”

    नेपाली कांग्रेसको प्रतिज्ञापत्र ‘नेपाली कांग्रेसको ध्येयः समुन्नत नेपाल, सम्मानित नेपाली’ भन्ने मूल नाराका साथ सार्वजनिक भएको छ । परिवर्तित समयको चेतनालाई आत्सात गरेर नयाँ सोच र युवा ऊर्जासहित परिमार्जित भएको नेपाली कांग्रेस विचारमा प्रष्ट र कार्यशैलीमा चुस्त बनेको प्रतिज्ञापत्रमा उल्लेख छ ।

    प्रतिज्ञापत्रमा भएको परिकल्पना अनुसार लोकतान्त्रिक नेपालमा हरेक नेपालीको स्वतन्त्रता, पहिचान र स्वाभिमान सुरक्षित हुने भन्दै कानुनको परिधिभित्र रही इच्छाअनुसारको काम, पेसा–व्यवसाय गर्न र स्वतन्त्रतापूर्वक जीवनयापन गर्न पाउने हरेक नागरिकको अधिकार सुनिश्चित हुने बताइएको छ । 

    ‘जात, धर्म, वर्ण, लिङ्ग, वर्ग वा भूगोलका आधारमा सिर्जना भएका छुवाछुट, विभेद र अवरोधलाई भत्काउँदै हामी प्रत्येक नागरिकले आत्सम्मानका साथ निर्धक्क बाँच्न र सिर्जना गर्न सक्ने साझा घर र सहिष्णु समाज बनाउने छौं’, प्रतिज्ञापत्रमा उल्लेख छ ।

    उज्यालो भविष्य खोज्ने युवालाई स्वदेशमै परिवारसँगै रमाउँदै मर्यादित रआकर्षक अवसरहरु हुने जहाँ उनीहरुको सिर्जनाशीलताको उच्च कदर र प्रोत्साहन हुने बताइएको छ । 

    श्रमिकको पसिना पवित्र रहेको र उसको मिहेनतको उचित मूल्य, सामाजिक सरक्षा र सम्मान राज्यको कर्तव्य हुनेछ ।IMG_5893.jpeg

    नेपालमा किसानहरु सम्पन्न र मुलुकको प्रगतिका मुख्य सारथी हुनेछन् । युवा कृषिमा आफ्नो भविष्य र भरोसा भेट्नेछन् ।

    गर्भावस्थादेखि वृद्धावस्थासम्म नै नागरिकको स्वास्थ्यप्रति राज्य संवेदनशील र जिम्मेवार हुने बताइएको छ । स्वास्थ्य सेवा राज्यको परोपकार होइन, नागरिकको मौलिक अधिकार हो भन्ने मान्यताका आधारमा प्रदान हुनुपर्ने धारणा छ । 

    प्रि–प्राइमरीदेखि विश्वविद्यालयसम्मको सिकाइलाई प्रविधि र प्रयोगसँग जोड्ने शिक्षालय विद्यार्थीको सिर्जनशीलता र नवप्रवर्तनको उच्चतम प्रयोग र प्रोत्साहन हुने केन्द्र हुने छन् । जीवनोपयोगी ज्ञान, विवेकपूर्ण चेतना र मूल्यमा आधारित शिक्षा प्रणाली प्रतिज्ञापत्रमा उल्लेख छ । 

    राज्यका हरेक सेवामा ‘डिजिटल नेपाल’ को अवधारणा साकार पारिने बताइएको छ । जसले भ्रष्टाचार र सरकारी ढिलासुस्ती जरैदेखि अन्त्य गर्ने उल्लेख छ । नागरिकले घरमै बसेर सहजतापूर्वक सरकारी सेवा पाउने अवधारणा छ । 

    हाम्रो विविधता र विशिष्टता नै नेपालको मौलिक पहिचान रहेको तथा हिमाल, पहाड र मधेसमा बस्ने सबै जातजाति, भाषा, धर्म, परम्परा, संस्कृति, कला र रितिरिवाजको समान रुपमा सम्मान र सम्वद्र्धन हुने प्रतिबद्धता व्यक्त गरिएको छ । IMG_5894.jpeg

    नेपालको परराष्ट्र नीति राष्ट्रिय हित र सार्वभौमिक समानताको जगमा उभिने तथा छिमेकी र मित्रराष्ट्रहरुसँगको सम्बन्ध समानता र आपसी सम्मानमा आधारित हुनेछ र यस्तो सम्बन्धलाई पारस्परिक हित र आर्थिक साझेदारीका आधारमा अगाडि बढाइने छ । 

    अर्थतन्त्र खुला, प्रतिस्पर्धी, प्रविधिमैत्री र पर्यावरणमैत्री हुने जसले अन्तर्राष्ट्रिय लगानी र प्रविधिलाई आकर्षित गर्ने विषय प्रतिज्ञापत्रमा उल्लेख छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, फाल्गुण ७ २०८२०९:३१:४५

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology