बुटवल,फागुन ५ ।
रुपन्देही क्षेत्र नं. २ का जेन–जी समुहका युवा विद्यार्थीहरुले काँग्रेस उम्मेद्वार चुन्नप्रसाद शर्मा पौडेललाई समर्थन गरेको छ ।
मंगलबार बुटवलमा भएको जेन–जी समुहका युवा विद्यार्थीहरुको भेलाले नीजि क्षेत्रबाट भएपनि यस क्षेत्रमा ठूलो संख्यामा रोजगारी सिर्जना गरेको र आफूहरुको समेत भावना समेट्न सक्ने भन्दै आफूहरुको समर्थन काँग्रेस उम्मेद्वार शर्मालाई रहेको बताएका हुन् ।
जेनजीको भेलामा बोल्दै नेपाली काँग्रेस क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार शर्माले जेन–जीले उठान गरेका मुद्धा आफ्नो पनि मुद्धा भएको बताउँदै ती मुद्धालाई निर्णायक बनाउने प्रतिवद्धता व्यक्त गरे ।
उनले विद्यार्थी र युवा नेतृत्वको महत्त्व र आगामी निर्वाचनमा सक्रिय भुमिका निभाउनुपर्ने कुरामा सहभागीहरूलाई आग्रह गरे ।
विद्यार्थी परिचालन संयोजक महेश पौडेलले अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरूलाई पार्टीका नीति, विद्यार्थी संगठनसँगको समन्वय, र स्थानीय तहको विकाससँग सम्बन्धित कार्यक्रमका बारेमा जानकारी दिएका थिए ।
कार्यक्रमको सञ्चालन नेपाल नेविसंघका केन्द्रिय सदस्य असोक गौतमले गरेका थिए भने निर्वाचन परिचालन समितिका सदस्य रोशन थापाले भने युवा र विद्यार्थीहरूलाई पार्टीको अभियानसँग प्रत्यक्ष जोड्ने र उनीहरूका विचार सुन्ने अवसर दिनु आफूहरुको प्राथमिकता भएको बताए ।
कार्यक्रममा डेढ सय बढी जेन–जी युवा विद्यार्थीको सहभागिता रहेको थियो ।
मंगलबार सैनामैना १ र ३ मा घरदैलो : 
आसन्न निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेसले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ का विभिन्न स्थानमा घरदैलो कार्यक्रम गरेको छ ।
सोमबारबाट सुरु भएको घरदैलो कार्यक्रम अन्तरगत मंगलबार सैनामैनाको वडा नं. १ र ३ मा घरदैलो गरिएको हो । घरदैलोमा काँग्रेस उम्मेद्वार पौडेलले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना योजना र प्रतिबद्धताबारे जानकारी गराएका छन् ।
घरदैलोका क्रममा स्थानीय नागरिकले रोजगारी, सडक पूर्वाधार, खानेपानी, ढल निकास, सुकुम्बासी समस्या तथा शिक्षा–स्वास्थ्य सेवाको गुणस्तर सुधारका विषय उठाएका थिए । विशेष गरी सैनामैना–३ को मुर्गियाका विभिन्न टोल र सुनगाभा चोक हुँदै नगरपालिका क्षेत्र भ्रमण गर्दा मतदाताले आफ्नो स्थानीय समस्या–टोलको बाटो नबनेको, ढल निकास अभाव भएको लगायतका समस्या सुनाएका थिए ।
मतदाताले एकै स्वरमा पौडेललाई भोट दिने र आफन्तलाई पनि मतदान गर्न सिफारिस गर्ने कुरा व्यक्त गरेका थिए । उनले युवालाई स्वरोजगार बनाउने, कृषिमा आधुनिकीकरण गर्ने, साना उद्योग प्रवद्र्धन गर्ने र महिला सशक्तीकरणका कार्यक्रम अघि बढाउने आफ्नो योजना रहेको सुनाएका छन् ।
घरदैलो अभियानमा समानुपातिक उम्मेदवार चुनावी समानुपातिक उम्मेदवार रिता सेन, नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ का क्षेत्रीय सभापति प्रजापाल गिरी, रुपन्देही क्षेत्र–२ का सभापति प्रजापाल तथा निर्वाचन परिचालन समितिका संयोजक प्रजापाल गिरी, महासमिति सदस्य बालकुमारी भण्डारी, नेता युवराज गिरी, नेपाल ट्रेड युनियन काँग्रेस लुम्बिनी प्रदेश अध्यक्ष काजिमान श्रेष्ठलगायत काँग्रेसका नेता–कार्यकर्ता तथा स्थानीयको उपस्थिति रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)