Logo बिहिवार, आश्विन १ गते २०८३
images

माघ १९ गतेकै मितिमा नेपाली सेनाको बख्तरबन्द गाडी सडकमा,चक्रपथको एक चक्कर !

माघ १९ गतेकै मितिमा नेपाली सेनाको बख्तरबन्द गाडी सडकमा,चक्रपथको एक चक्कर !

  • 3.5K
    SHARES

  • माघ १९ गतेकै मितिमा नेपाली सेनाको बख्तरबन्द गाडी सडकमा,चक्रपथको एक चक्कर  !

    बुटवल,माघ २०-

    सोमबार राति १० बजे युद्ध कवज गण स्वयम्भूबाट नेपाली सेनाको हातहतियारले सुसज्जित बख्तरबन्द गाडी सडकमा निस्कियो ।

    संयोग कस्तो रह्यो भने तत्कालीन राजा ज्ञानेन्द्र शाहले १६ वर्ष अघि शाही ‘कु’ मार्फत शासन आफ्नो हातमा लिएको दिन अर्थात माघ १९ गतेकै मिति पारेर सेनाको बख्तरबन्द गाडी सडकमा निस्किएको थियो । 

    वर्तमान विकसित राजनीतिक घटनाक्रमका समेत तीव्र बनिरहेको बख्तरबन्द गाडी यसरी सडकमा निस्किएपनि सेनाले यसलाई ‘नियमित अभ्यास’ भनेको छ । यद्यपि कतिपयले यसलाई ‘माघ १९ कै छेको पारेर किन सडकमा बख्तरबन्द गाडीको परेड’ भनेर प्रश्न समेत उठाएका छन् । 

    चर्चित लेखक खगेन्द्र संग्रौलाले सत्तामा केपी ओलीको जग्जगी सुरु भएको बेला ‘सेनाले बख्तरबन्द गाडीमा चढेर चक्रपथ चक्कर मार्नुको साङ्केतिक अर्थ के हो ? भन्ने प्रश्न गरेका छन् । उनले मात्रै होइन जनस्तरसम्म बख्तरबन्दले के सन्देश दिन खोजेको  हो भन्ने खालको चर्चा भएका छन् । 

    तर, सैनिक प्रवक्ता तथा सहायकरथी सन्तोषबल्लभ पौडेलले नियमित अभ्यास योजना अनुसार सोमबार राति सेनाको गाडीले चक्रपथको चक्कर लगाएको जानकारी दिए । सेनाका अनुुसार राति बख्तरबन्द गाडीहरुले काठमाडौं चक्रपथको एक चक्कर लगाएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology