Logo बिहिवार, आश्विन १ गते २०८३
images

विकासमा फड्को मार्दै बुटवल

विकासमा फड्को मार्दै बुटवल

  • 1.5K
    SHARES

  • विकासमा फड्को मार्दै बुटवल

    बुटवल,फागुन ३ ।

    खस्यौली, बटौली, बुटौल जस्ता नामले चिनिने ठाउँ अहिले बुटवलका नाममा स्थापित छ । अहिलेको बुटवल सयौं वर्षअघि गणराज्यको राजधानी र व्यापारिक नाका थियो । जितगढी किल्लामा नेपालले अंग्रेजहरूलाई दुई सय वर्षअघि हराएका थिए । सेनवंशीय राजाहरूले यहीँ शीतकालीन राजधानीका रूपमा प्रयोग गरेका थिए । नुन र कपडाको व्यापारसँग जोडिएको महेन्द्र राजमार्ग र सिद्धार्थ राजमार्गको विस्तारपछि बुटवलले एक सय वर्ष अघिदेखि मात्रै आधुनिक स्वरुप पाएको हो ।

    बुटवल पहिलेदेखि नै विविधताले भरिपूर्ण सहर हो । ५ सयवर्ष अगाडि पाल्पा राज्यका राजा मणिमुकुन्द सेनले काश्मीरबाट कशौधनहरुलाई व्यापारका लागि यहाँ ल्याए भने नेवारहरु पनि त्यसै सेरोफेरोमा यहाँ आएका थिए । १९९५ सालतिर मुस्ताङबाट थकालीहरु यहाँ आए । व्यापार विनिमयमा तत्कालीन समयमा यो क्षेत्र प्रख्यात थियो । पहाडबाट ल्याएको घिउ प्रशोधन गरेर भारतसहितका मुलुकमा पठाइन्थ्यो । ल्हासाको नुन, सुन, पहाडको जडिबुटी, घिउ, तेलजस्ता सामग्री बेच्ने थलो बटौली थियो ।  
    वि.सं. २०१६ सालमा बुटवल खस्यौली नगरपालिकाको स्थापना भएको थियो । २०१७ सालमा बहुदलीय व्यवस्था बिघटन भएपछि यसलाइ बुटवल खस्यौली नगर पञ्चायत बनाइयो । बहुदलीय व्यवस्था पुनःस्थापना भएपछि यसको नाम बुटवल नगरपालिका राखिएको थियो । २०७१ मंसीर १६ गते बुटवल नगरपालिकाबाट उप–महानगरपालिकामा स्तरोन्नति भएको हो । बुटवल उप–महानगरपालिकाभित्रको जनसंख्या  करिब २ लाखको हाराहारीमा छ । औपचारिक बसोबासीको संख्या करीब २ लाख भएपनि अनौपचारिक रुपमा यहाँ बसोबास गर्नेको संख्या करीब २ लाख रहेको छ ।  
    बुटवलले लोकतन्त्र बहालीसँगै विकासमा फड्को मार्दैछ । देशकै मध्यभागमा पर्ने र सहज पहुँच भएकाले बुटवल सबैतिरको रोजाईमा पर्छ । सबैतिरको रोजाईमा पर्ने बुटवललाई समानता, स्वाभिमान र अवसरसहितको बस्नयोग्य सहर बनाउने हाम्रो योजना छ । यो सामरिक र ऐतिहासिक दृष्टिले मात्रै हैन, पर्यटकीय र व्यवसायिक दृष्टिले पनि उत्तिकै महत्वपूर्ण थलो हो । विकासमा बुटवल क्षेत्रले काठमाडौंलाई पछि पार्ने गरी अगाडि बढेको छ । वास्तवमा, बुटवल भूगोलमा मात्रै सीमित छैन ।

    बर्दघाटदेखि दाङसम्मको भेग बुटवलको प्रभावित क्षेत्र हो । यो क्षेत्रको नेतृत्व बुटवलले गरिरहेको छ । चाहे त्यो विकासमा होस्, चाहे मानव संसाधनका क्षेत्रमा, बुटवलले अगुवाई गरिरहेको छ ।  विकासका दृष्टिकोणले बुटवल काठमाडौं उपत्यका बाहिरका अग्रणी शहरहरु मध्येको एक हो । नवलपरासीदेखि दाङसम्म र उत्तरका पहाडी जिल्लाहरु पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, प्युठान, बाग्लुङ, पर्वतसम्मको बुटवलको व्यापारिक साइनो शताब्दी पुरानो हो । भौतिक पूर्वाधारको विकास र मानव संशाधनको विकासमा पनि बुटवलले राष्ट्रिय रुपमै नेतृत्व गर्ने क्षमता राख्दछ । देशमा भएका महत्वपूर्ण परिर्वतन र उपलब्धिहरुमा बुटवलले नेतृत्वदायी भूमिका खेल्दै आएको छ ।
    अन्तर्राष्ट्रिय सभाहल तथा प्रर्दशनी केन्द्र, झण्डै ६ अर्बको लगानीमा स्तरोन्नति हुँदै गरेको लुम्बिनी प्रादेशिक अस्पताल, सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा, व्यवस्थित अटो भिलेज, ढुवानी ग्राम, खेल पूर्वाधार, शैक्षिक पूर्वाधार, पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गको संगमस्थल जस्ता भौतिक तथा सेवामूलक क्षेत्रको विकास र विस्तारले बुटवललाई अग्रणी नगरको रुपमा उभ्याउने प्रयास गरेका छन् ।IMG_0782.jpeg
     
    भौतिक विकास सँगसँगै मानव संसाधनको विकास
    बुटवल उपमहानगरपालिकाले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र रोजगारीलाई मूख्य प्राथमिकतामा राखेर काम गरिरहेको छ । सुशासन, शिक्षा, स्वास्थ्य, रोजगारीलाइ मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम, बजेट र योजनाहरु अगाडि बढाइएको छ । विकास सँगसँगै नगरको सौन्दर्यीकरण, शहरी व्यवस्थापन र सेवा–सुविधामा सुधार ल्याउनका लागि हामी संघ र प्रदेश सरकारसँग साझेदारी गर्दै अगाडि बढिरहेका छौं । सेवा प्रवाहलाइ जनमुखी बनाउन घरदैलो सेवाहरु सुरु गरेका छौं । बाआमासँग नगरप्रमुख कार्यक्रम मार्फत  ६० वर्ष माथिका जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा औषधी वितरण, अपाङ्गता परिचय पत्र वितरण, सुत्केरी महिलाको स्वास्थ्य जाँच, पशुचौपायाको स्वास्थ्य परीक्षण तथा औषधी वितरण लगायतका कार्यक्रमहरु नागरिकको घरदैलोमै पु¥याइएको छ ।  
    गुणस्तरीय शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गर्दै नगरबासीलाइ आत्मनिर्भर बनाउने योजनाहरु अगाडि सारीएको छ । स्वरोजगार सिर्जना गर्दै नगरबासीलाइ आत्मनिर्भर बनाउन प्राविधिक शिक्षा र सीपयुक्त तालिमहरु सञ्चालन भइरहेका छन् । हामीले भौतिक विकासले मात्रै पुग्दैन, मानिसको सर्वांगीण विकास जरुरी छ भन्ने मान्यताका साथ सबैजसो उमेर अवस्थाका बासिन्दालाई लक्षित गरेर कार्यक्रमहरु अगाडि बढाएका छौं ।
    बुटवलले गृहणी महिला तथा युवाहरुलाइ स्वरोजगार बनाउँदै विदेश पलायन रोक्ने उदेश्यले गृहणी महिला स्वरोजगार कार्यक्रम, महिला उद्यमशीलता, युवा इलमजस्ता कार्यक्रममार्फत सीप र रोजगारसँग जोड्दैछौं । हामीले कफी बनाउने सीपदेखि प्लम्बिङ, वायरिङ, कम्प्युटर नेटवर्किङ, कपडा सिलाउने, सुनचाँदीका गहना बनाउने, टपरी बनाउने, चुरापोते बनाउनेजस्ता तालिम सञ्चालन गर्ने र स्वरोजगार हुन चाहनेहरुलाई थप प्रोत्साहन गर्ने काम गरिरहेका छौं । यस वर्ष १ हजारजना महिलालाई विभिन्न सीपमार्फत उद्यममा जोड्ने गरी काम भइरहेको छ ।
    यस्तै, बुटवलमा अस्पतालमा चाहिने जनशक्ति उत्पादनका लागि बुटवल उपमहानगरपालिका स्थानीय समितिको संयोजक रहेको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा पारामेडिकलको अध्ययन शुरु गरेका छौं । यहाँबाट उत्पादन हुने जनशक्ति बुटवलमै खपत हुनेछ । त्यसका लागि आम्दालाई स्तरोन्नति गरी ३ सय बेडमा पु¥याउँदैछौं । प्राविधिक शिक्षातर्फ कोरियन टेक्निकल इन्स्टिच्युट बुटवलमा तालिमहरु सञ्चालन भइरहेका छन् । बुटवल टेक्निकल इन्स्टिच्युट बीटीआईलाई समयानुकुल बनाउँदै टनेल इन्जिनियरिङजस्ता अहिले माग भइरहेका विषयहरुको अध्ययन शुरु गर्ने गरी तयारी गरेका छौं ।  
     
    शिक्षा र स्वास्थ्यमा अग्रणी
    बुटवल यसैपनि शिक्षामा अब्बल क्षेत्र हो । माध्यमिक स्तरमा देशमै उत्कृष्टमध्येका कालिका मावि, नवीन औद्योगिक मावि, कान्ति माविजस्ता सार्वजनिक विद्यालयहरु छन् । जहाँ विद्यार्थीलाई भर्नाका लागि पालो कुर्नुपर्ने अवस्था छ । निजी क्षेत्रबाट पनि उत्तिकै स्तरीय शिक्षा प्रदान भइरहेको छ । एसईई होस् वा उच्च शिक्षा बुटवलले देशमै ख्याति कमाएको छ । हामीले आन्तरिक श्रोतबाट मात्रै यो वर्ष शिक्षामा साढे ८ करोड भन्दा बढी बजेट छुटयाएका छौं । प्राविधिक शिक्षामा बुटवल टेक्निकल इन्स्टिच्युटमा सिभिल इन्जिनियरिङतर्फ स्नातक तहको अध्ययन आरम्भका लागि काम अघि बढेको छ । बुटवल १६ मा कृषिविज्ञान (बी.एस.सी.ए.जी.) कलेज स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । विद्यालयहरुको भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलापमा जोड्दै विद्यार्थीहरुको क्षमता विकास गर्न नगरस्तरीय फुटबल प्रतियोगिता, लोकनृत्य प्रतियोगिताजस्ता विद्यालयलक्षित प्रतियोगिता सञ्चालन गरिरहेका छौं ।  
    स्वास्थ्यमा हामी निर्वाचित भएर आएदेखि विशेष कार्यक्रमहरु सञ्चालन गरेका छौं । टोलटोलमा प्राथमिक उपचार कार्यक्रम, पोषण, सुरक्षित मातृत्व, जेष्ठ नागरिक तथा किशोरकिशोरी लक्षित कार्यक्रम, स्वास्थ्य संस्थाहरुको स्तरोन्नति तथा गुणस्तरीय सेवा प्रवाहलाइ प्राथमिकतामा राखिएको छ । ६० वर्ष माथिका जेष्ठ नागरिकको स्वास्थ्य उपचारलाई प्रभावकारी बनाउन बाआमासँग नगरप्रमुख कार्यक्रममार्फत चिकित्सकसहितको स्वास्थ्य टोली घरमै पुगेर स्वास्थ्य जाँच गर्ने र औषधि वितरण गर्ने कार्यक्रम सञ्चालनमा रहेको छ ।

    गर्भवती महिलाहरुको जाँच तथा निशुल्क औषधी वितरण, सुत्केरी महिलालाइ १४ दिन भित्रमा तीन पटक स्वास्थ्यकर्मीहरु घरमै पुगी स्वास्थ्य जाँच गर्ने, दुग्धवद्र्धक जडीबुटी प्रदान गर्ने जस्ता कार्यक्रम सञ्चालित छन् । स्वस्थ शिशु पोषण कार्यक्रम अन्तर्गत  नगरभित्रका सरकारी तथा सामुदायिक अस्पतालमा बच्चा जन्माउने आमाहरुलाई प्रोत्साहन स्वरुप दुई हजार रुपैयाँ र एचआइभी संक्रमित बालबालिकालाई मासिक ३ हजार पोषण खर्च प्रदान गर्दै आएका छौं । नगरमा अहिले १५–१५ बेडका अक्सिजन सुविधासहितका दुईवटा अस्पताल निर्माण सम्पन्न भएर सञ्चालनको तयारीमा छन् । बुटवल उपमहानगरपालिकाकै स्थानीय व्यवस्थापनमा रहेको आम्दा अस्पताललाई विशिष्टकीकृत अस्पतालका रुपमा स्तरोन्नति गर्न ३ सय बेडमा स्तरोन्नति हुँदैछ । आगामी वर्ष बुटवलमा पीपीपी मोडेलमा १ सय शैयाको अस्पताल स्थापना गर्ने योजनासहित छलफल चलाइरहेका छौं ।
     
    कृषि र उद्योगको प्रवद्र्धन
    २०१० सालमा स्थापना भएको बुटवल औद्योगिक क्षेत्र पर्याप्त नभएपछि डेढदशक अघि मोतिपुर औद्योगिक क्षेत्र स्थापना शुरु भयो । लामो समय विवादमा परेको त्यही मोतीपूर औद्यौगिक क्षेत्र शिलन्यास भएर अलपत्र छ । औद्योगिक क्षेत्रको जग्गा विवादलाई मध्यमार्गी समाधान खोज्न बुटवल उपमहानगरपालिकाले समन्वयकारी भूमिका खेल्दै आएको छ । जग्गा यकिन गरी व्यवस्थापन गर्न ड्रोन प्रविधिबाट जग्गा नापजाँच गर्ने काम सकेर मन्त्रालयमा पुगिसकेको छ । संघ सरकारले जुनसुकै बेला पनि यो काम अगाडि बढाउने गरी सहजीकरण भएको छ । बुटवल–१५ मा नेपालकै आधुनिक र व्यवस्थित कृषि बजार केन्द्र स्थापना गर्ने काम अगाडि बढेको छ ।
    झण्डै दुइ अर्ब लगानीको यो आयोजना सम्पन्न हुँदा बुटवल मात्रै हैन, लुम्बिनी प्रदेशका तराइ र पहाडी जिल्लाका किसानका उत्पादनले बजार पाउने छ भने कृषिजन्य उत्पादन निर्यात समेत गर्न सकिने छ । यहाँ उत्पादन भएका वस्तु भैरहवाको विमानस्थलबाट विदेश निर्यात गर्ने योजना छ ।
     
    भौतिक पूर्वाधारमा अब्बल
    बुटवल भौतिक पूर्वाधारमा अगाडि छ । हामीसँग राष्ट्रियस्तरका संरचनाहरु छन् । अन्तराष्ट्रिय सम्मेलन केन्द्र तथा प्रदर्शनी हल छ । ढुवानी ग्राम, व्यवस्थित अटो भिलेज, खेल मैदानहरु बनेका छन् । लुम्बिनी प्रादेशिक अस्पताल, आम्दा अस्पतालका नयाँ भवनहरु बन्दैछन् । सपिङ मलहरु, ठूला ठूला तारे होटलहरु सञ्चालनमा छन् भने केही निर्माणका क्रममा छन् । उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर पशु बधशाला सञ्चालनमा आउँदैछ । विद्यमान पार्किङको समस्या समाधान गर्न बुटवल उपमहानगरपालिका, नगरविकास कोष र मल्टि डेफोर्ट हार्मोनिक जेभीसँगको सहकार्यमा नगरले बहुतले पार्किङ भवन निर्माणका लागि परामर्शदातासँग सम्झौता भईसकेको छ । राजमार्ग चौराहदेखि गोलपार्क सम्मको ६ लेन सडक छिट्टै सकिने अपेक्षा छ । बुटवल–नारायणघाट ६ लेन सडक स्तरोन्नति हुँदैछ ।बुटवल–चन्द्रौटा सडक पनि ४ लेनमा स्तरोन्नति हुदैछ । पुर्वपश्चिम राजमार्ग र सिद्धार्थराजमार्गको मिलन बिन्दु पर्ने बुटवलबाट कुनैपनि क्षेत्रका लागि यातायात सुविधा लिन सकिन्छ ।

    नगरका अधिकांश भित्री सडकहरु पक्की र फराकिला बनेका छन, केही निर्माणकै चरणमा छन् । बुटवलबाट लामो तथा छोटो दुरीका हरेक क्षेत्रका लागि गाडी छुट्छन ।

    जसका लागि हालको बसपार्क साँघुरो भएकाले प्रदेशस्तरको हरियाली बसपार्क बनाउने योजना ल्याइएको छ । अत्याधुनिक फोहोर प्रशोधन केन्द्र निर्माणका लागि बुटवल १२ मा जग्गा प्राप्तिको चरणमा रहेको छ । बुटवलको विकासमा सरसफाइ र खानेपानी आयोजनाका लागि  विश्व बैंक लगायतका ठूला लगानीकर्ताहरु लगानी गर्न इच्छुक देखिएकाले छिट्टै यी आयोजनाहरु पनि अगाडि बढ्ने तर्फ उन्मुख छन् ।
    बुटवलको खानेपानीका लागि २२ बर्षअघि सुरु गरिएको झुम्सा खानेपानी आयोजना सम्पन्न हुने गरी बुटवलले स्थानीय क्षेत्रको विकासका लागि तिनाउ गाउँपालिकालाई विकास खर्चका लागि वार्षिक २ करोड दिने समझदारी भएको छ । यसले अब छिटो नै झुम्साको पानी आउने अपेक्षा छ । मिनी मेलम्चीसरह बनेको यो आयोजनाको काम छिटो सक्न संघीय सरकारलाइ पटक पटक ध्यानाकर्षण गराइएको छ । छाडा चौपायाको समस्या निराकरणका लागि बुटवलको शिवनगर सामुदायिक वनमा गौचरण सहितको गौशाला सञ्चालनमा ल्याइएको छ ।  
     
    उत्कृष्ट पर्यटकीय विश्रामस्थल बनाउने लक्ष्य
    बुटवलका ऐतिहासिक, धार्मिक, पर्यटकीय सम्पदाहरुको प्रचार प्रसार गर्दै अन्य पर्यटकीय स्थलहरुसँग तीनलाइ जोडेर पर्यटकीय विश्रामस्थलको रुपमा बुटवललाइ विकास गर्ने लक्ष्य छ ।  बुद्ध जन्मस्थल लुम्बिनीदेखि बुटवलको जितगढी किल्ला, मणिमुकुन्दसेनको ग्रीष्मकालीन दरबार, आदिम मानव रामापिथेकसको अवेशष फेला परेको स्थल, सिद्धबाबा मन्दिर हुँदै बुटवललाइ मुक्तिनाथसम्म जोड्ने पर्यटकीय रुट निर्माण गरी पर्यटन प्रबद्र्धनका योजना छन् ।

    बुटवललाइ देशकै उत्कृष्ट पर्यटकीय विश्रामस्थलका रुपमा स्थापित गर्न नगरको सौदर्यीकरण, सरसफाइ, हरियाली र उज्यालो शहर निर्माण अभियान चलाइएको छ । उज्यालो बुटवल कार्यक्रम अन्तर्गत नगरका २३ स्थानमा हाइमास्ट लाइट जडान भएर बाँकी स्थानमा जडानका लागि काम भइरहेको छ । ट्राफिक लाइट जडान गरेर ट्राफिक व्यवस्थापनको काममा सहजता भएको छ ।

    बुटवलमा हाल सञ्चालनमा आइसकेको बुटवल–बसन्तपुर जोडने लुम्बिनी केबलकार  र बुटवल–नुवाकोट जोडने सिद्र्धाथ केवलकारले यो क्षेत्रलाइ अझ चलायमान बनाएका छन् । निजी क्षेत्रले पनि आर्थिक केन्द्रको रुपमा रहेको बुटवल भविष्यमा सुन्दर पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुने अपेक्षा सहित ठुला, स्तरीय तथा  तारे होटलहरुमा लगानी गरिरहेका छन् ।
     
    स्मार्ट सिटीको सपना
    कोभिड १९ ले हामीलाई प्रविधिको उपयोग गर्न सिकायो । आर्थिक कारोबार गर्न, बिजुलीबत्ती र पानीको महसुल बुझाउन, रेष्टुरेन्ट, होटलको बिल तिर्न मोबाइलबाटै अभ्यस्त भइसक्यौं । विस्तारै समाज स्मार्ट जीवनशैलीतर्फ अग्रसर भइरहेको छ । तर, हाम्रा सरकारी संयन्त्रहरु अझै पनि स्मार्ट बन्नका लागि पूर्णतः तयार नभइरहेको अवस्था देखिन्छ । सार्वजनिक वित्त व्यवस्थापनमा केही सुधार आइरहेको छ । पैसाको हिसाबकिताब जति छिटो डिजिटल रुपमा हुनथाल्छ, त्यति कम चुहावट हुन्छ । भ्रष्टाचार कम हुन्छ । यस्तै यस्तै कारणले पनि सरकारी संयन्त्रबाट हुने सबै काम डिजिटल बनाउने योजना हाम्रो छ । अझैपनि राजश्व तिर्न कार्यालयमै आउनुपर्ने अवस्थालाई अन्त्य गर्नुछ । मेरो बुझाईमा सूचना, सञ्चार र प्रविधिको उपयोगमार्फत प्रशासनिक सेवाप्रवाहदेखि सहरको अर्थ व्यवस्था, वातावरण, यातायातलाई चुस्त बनाउनु स्मार्ट सहरका आधारभूत कुरा हुन् । ‘स्मार्ट सिटी’का लागि चौबीसै घण्टा खानेपानी, बिजुली, ढल निकास, सार्वजनिक यातायात सञ्जाल, प्रशस्त बाल तथा वृद्धमैत्री खुला क्षेत्र र संरचना अनिवार्य हुन्छ । हामीले यी कुराहरुमा हरसम्भव प्रयत्न गरिरहेका छौं ।
    प्रशासनिक सेवाप्रवाहलाई व्यवस्थित बनाउन हाम्रा सामाजिक सञ्जाल, वेभसाईट, डिजिटल डिस्प्ले, नागरिक बडापत्रहरुलाई व्यवस्थित गर्दैछौं । चारवटा भाषामा नागरिक बडापत्र प्रयोगमा ल्याएका छौं । एआईको प्रयोग गरी च्याटबट सञ्चालन गरेर जनताका राय लिने, सेवाप्रवाहका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने काम गरिरहेका छौं । बाँकी कामका लागि हामी संघ र प्रदेशसँग समन्वय र सहकार्यका लागि प्रस्ताव गरेका छौं । हाम्रो आन्तरिक श्रोतले मात्रै सबै कुरा सम्भव नहुने भएकाले अत्यावश्यक क्षेत्रमा आन्तरिक श्रोतको उपयोग गर्ने र थप सेवासुविधाका लागि संघ र प्रदेशसँग सहकार्य गर्ने हाम्रो नीति छ ।
     
    मुन्निलालदेखि खेलराजसम्मको नेतृत्व

    तत्कालीन बुटवल खस्यौली नगरपालिकाको पहिलो नेतृत्व मुन्निलाल शाक्यले (२०१६–२०१७ साल) गरेका थिए । शाक्यपछि ओमशंकर श्रेष्ठ (२०१९–२०२३ साल), परीक्षितप्रसाद लाकौल (२०२४–२०२६ साल), सरस्वतीप्रसाद शेरचन (२०२६–२०२८ साल र पुनः २०३३ देखि २०३६ साल), हरिबहादुर सिंह (पहिलो पटक २०२८मा प्रधानपञ्चमा र यो सहित चार पटकसम्म प्रधानपञ्च), सूर्यलाल वि.सं. (२०३०), बृजमान श्रेष्ठ (२०३६–२०३९) प्रधानपञ्च थिए ।
    प्रजातन्त्र पुनःस्थापनापछि भएको स्थानीय चुनावमा सू्र्यप्रसाद प्रधान (२०४९–२०५३) र भोजप्रसाद श्रेष्ठ (२०५४–२०५९) नगरप्रमुख थिए । सूर्यबहादुर थापा नेतृत्वको सरकारबाट मनोनित भएर २०६० सालमा पुनाराम पोखरेलले पनि नगरप्रमुख भएर केही समय नेतृत्व गरेका थिए । माघ १९ पछिको शाही सरकारले गराएको नगरपालिका चुनाबबाट रुपसिंह थापा थोरै समयको लागि नगरप्रमुख बने पनि लोकतन्त्र स्थापना पछिको सरकारले निर्वाचनलाई नै खारेज गरेको थियो ।
    १५ वर्ष जनप्रतिनिधिविहीन भएको बुटवल उपमहानगरपालिकामा २०७४ साल असारमा भएको निर्वाचनबाट शिवराज सुवेदी प्रमुख र गोमादेवी आचार्य उपप्रमुख भई कार्यभार सम्हालेका थिए । नेपालको संविधान कार्यान्वयन भएपछिको दोस्रो कार्यकालका लागि २०७९ वैशाख ३० मा भएको निर्वाचनबाट नगर प्रमुखमा खेलराज पाण्डेय र उपप्रमुखमा सावित्रादेवी अर्याल निर्वाचित भएका थिए ।
    बटौली, खस्यौलीदेखि नयाँ बुटवलसम्म
    पञ्चायती व्यवस्थामा बुटवल–खस्यौली नगरपञ्चायत भनिएपनि २०४६ सालपछि बुटवल नगरपालिका भन्न थालिएको थियो । २०७१ साल मंसिरमा उपमहानगरपालिकामा स्तरोन्नति भएको बुटवल पश्चिम नेपालकै प्रमुख सहरका रुपमा परिचित छ । विगतमा अहिलेको मुख्य बजारभन्दा तिनाउ पारी थियो बटौली बजार । २० को दशकतिर वारी खस्यौलीमा पनि बजार र बस्ती बस्न थाले । २०३५ सालमा बटौली क्षेत्रमा रहेको नगरपालिकाको कार्यालय पनि अहिलेको कार्यालय भएको ठाउँ हाटबजारलाइनमा सर्याे । खस्यौलीमा पूर्वाधार थपिदैँ गएपछि बजारले बुटवल सहरको रुप लियो । बुटवलबाट दक्षिण र पश्चिम बस्ती विस्तार हुँदै गयो ।
    ५ सयवर्ष अगाडि पाल्पा राज्यका राजा मणिमुकुन्द सेनले काश्मीरबाट कशौधनहरुलाई व्यापारका लागि यहाँ ल्याए भने नेवारहरु पनि त्यसै सेरोफेरोमा यहाँ आएका थिए । १९९५ सालतिर मुस्ताङबाट थकालीहरु यहाँ आए । व्यापार विनिमयमा तत्कालीन समयमा यो क्षेत्र प्रख्यात थियो । पहाडबाट ल्याएको घिउ प्रशोधन गरेर भारतसहितका मुलुकमा पठाइन्थ्यो ।

    ल्हासाको नुन, सुन, पहाडको जडिबुटी, घिउ, तेलजस्ता सामग्री बेच्ने थलो बटौली थियो बुटवल उप–महानगरपालिकाभित्रको जनसंख्या  करिब २ लाखको हाराहारीमा छ । औपचारिक बसोबासीको संख्या करीब २ लाख भएपनि अनौपचारिक रुपमा यहाँ बसोबास गर्नेको संख्या करीब २ लाख रहेको छ । ६ लेनका फराकिला सडक, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रदर्शनी स्थलजस्ता राष्ट्रियस्तरका संरचनाले बुटवलको प्रतिष्ठा बदल्दै गएको छ । देवीनगर, मगरघाटमा बनेका पक्की पुलले विभिन्न ठाउँमा जाने मार्गलाई सहज बनाएको छ ।

    बुटवल भौतिक पूर्वाधारमा मात्रै नभई मानव संसाधनका दृष्टिले अगुवा शहरका रुपमा स्थापित हुने नगर प्रमुख खेलराज पाण्डेय बताउँछन् । “यो ५ वर्षमा बुटवल देशकै अगुवा सहरका रुपमा स्थापित हुनेछ,” उनले भने, “बुटवल बर्दघाटदेखि चन्द्रौटासम्मको नेतृत्व गर्ने केन्द्रका रुपमा स्थापित हुने क्रममा रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, फाल्गुण ३ २०८१०८:४३:१६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology