Logo बिहिवार, आश्विन १ गते २०८३
images

रवि लामिछानेसहित पाँच जनालाई थप चार दिन हिरासतमा राख्न अनुमति

रवि लामिछानेसहित पाँच जनालाई थप चार दिन हिरासतमा राख्न अनुमति

  • 1.3K
    SHARES

  • रवि लामिछानेसहित पाँच जनालाई थप चार दिन हिरासतमा राख्न अनुमति

    कास्की,मङ्सिर २३।

    जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित पाँच जनालाई थप चार दिन थुनामा राख्न अनुमति दिएको छ। न्यायाधीश हिमलाल बेल्वासेको इजलास लामिछानेसमेत चार जनालाई आइतबारबाट लागू हुने गरी हिरासतमा राख्न अनुमति दिएको हो। 

    पूर्व गृहमन्त्रीसमेत रहनुभएका लामिछानेलाई अनुसन्धानका लागि पहिलो पटक ६ दिन, त्यसपछि ७ दिन, १० दिन, १३ दिन र १५ दिन म्याद थप गरी अनुसन्धान भइसकेको छ। गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशकसमेत रहनुभएका लामिछानेसमेतले पोखराको सूर्यदर्शन सहकारीको रकम अवैधानिक रूपमा अपचलन गरेको आरोप छ। 

    गोरखा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी, लीला पछाई, रामबहादुर खनाल, र कृष्णबहादुर गुरुङलाई अदालतले थुनामा राख्न अनुमति दिएको हो। उनीहरुविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध अभियोगमा अनुसन्धान जारी छ। लामिछानेलाई प्रहरीले कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी पोखरा ल्याएको हो।

    अदालतले लामिछाने, जोशीको स्वास्थ्य जाँच गरी कागजात अदालतमा पेस गर्नसमेत आदेश दिएको छ। “प्रतिवादीहरू रवि लामिछाने र छविलाल जोशीको उच्च रक्तचापको समस्या रहेको भन्ने देखिएको हुँदा चिकित्सकबाट जाँच तथा आवश्यक उपचार गराइ उपचारसँग सम्बन्धित कागजातको प्रतिलिपि यस अदालतमा पेस गर्नू,” आदेशमा भनिएको छ, “अनुसन्धानका क्रममा हिरासतमा राख्नका लागि म्याद थप गरिएका व्यक्तिहरूको मानवअधिकारको उल्लङ्घन हुने कुनै कार्य नगर्नू, नगराउनु भनी जिल्ला प्रहरी कार्यालय कास्कीलाई लेखी पठाउनू।”

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology