Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलको चौराहा-चिडियाखोला सडक विस्तार हुने,सडकछेउका घर टहरा हटाउन २४ घण्टे अल्टिमेटम !

बुटवलको चौराहा-चिडियाखोला सडक विस्तार हुने,सडकछेउका घर टहरा हटाउन २४ घण्टे अल्टिमेटम !

  • 7.6K
    SHARES

  • बुटवलको चौराहा-चिडियाखोला सडक विस्तार हुने,सडकछेउका घर टहरा हटाउन २४ घण्टे अल्टिमेटम !

    बुटवल,पुस २४-

    बुटवलको राजमार्ग चौराहा-चिडियाखोलासम्मको सडक पुन:विस्तार हुने भएको छ । व्यापारिक मार्ग विस्तार आयोजनाले सडक मापदण्ड विपरितका घरहरु भत्काउन २४ घण्टे अल्टीमेटम दिएको छ ।

    एक सूचना जारी गर्दै २४ घण्टाभित्र सडक सिमा भित्र पर्ने सम्पूर्ण मालसामान तथा घर टहराहरु हटाई सडक विस्तार कार्यमा सहयोग गर्न पनि आग्रह गरेको छ ।sadak.jpg

    यस व्यापारिक मार्ग विस्तार आयोजना, वेलहिया–बुटवल सडक, मणिग्रामले बुटवल राजमार्ग चौराहदेखि चिडिया चौकी हालको तिलोत्तमापथसम्म सडक विस्तार गर्न लागेकोले सडक ऐन २०३१ ले तोकेको सडक केन्द्र रेखादेखि दायँ बायाँ २५-२५ मिटर भित्र रहेका संरचना हटाउन पटक पटक अनुरोध गर्दा समेत केही घर धनीले अटेर गरेको पाईएकाले २४ घण्टा भित्र सडक सिमा भित्र पर्ने सम्पूर्ण मालसामान तथा घर टहराहरु हटाई सडक विस्तार कार्यमा सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ । सूचनामा भनिएको छ ।butwal sadak.jpg

    लामो समयसम्म विभिन्न विवादका कारण अवरुद्ध हुँदै चौराह–गोलपार्क सडक विस्तारको काम सर्वोच्च अदालतले बाटो खुला गरिदिएपछि विहिबारदेखि सुरु भएको छ ।

    butwal banda.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology