Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेश प्रमुख शेरचन र सुदुरपश्चिमका प्रमुख मियाँबिच भेटघाट 

लुम्बिनी प्रदेश प्रमुख शेरचन र सुदुरपश्चिमका प्रमुख मियाँबिच भेटघाट 

  • 2.9K
    SHARES

  • लुम्बिनी प्रदेश प्रमुख शेरचन र सुदुरपश्चिमका प्रमुख मियाँबिच भेटघाट 

    बुटवल ,असार २।

    लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र  सुदुरपश्चिम प्रदेश प्रमुख नजिर मियाँबिच आइतबार बुटवलको प्रदेश प्रमुख कार्यालयमा शिस्टाचार भेटघाट भएको छ ।

    सुदुरपश्चिम प्रदेश प्रमुख नियुक्त भएपछि पहिलोपटक लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा आउनुभएका मियाँलाई  प्रदेश प्रमुख शेरचनले खादा लगाइदिएर स्वागत गर्नुभयो ।

    सो अवसरमा सुदुरपश्चिम प्रदेश प्रमुख मियाँले लुम्बिनी प्रदेश प्रमुखको स्वास्थ्य स्थितिबारे जानकारी लिनुहुदै स्वास्थ्य लाभको कामना गर्नुभएको थियो ।
    भेटघाटका क्रममा दुबै प्रदेश प्रमुखबिच प्रदेश प्रमुखको कार्यालय संचालनका बारेमा अनुभव आदानप्रदान भएको थियो ।

    सो अवसरमा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश संचालन गर्न प्रदेश सरकारले नै आवश्यक जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता औंलाउनुभयो  । भेटघाटमा लुम्बिनी प्रदेश प्रमुखको कार्यालयका कर्मचारी र दुबै प्रदेश प्रमुखको सचिवालयको टोलिको समेत सहभागिता रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology