Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलले पायो ‘स्थानीय आर्थिक  बिकास’मा उत्कृष्ट नगरपालिका अवार्ड

बुटवलले पायो ‘स्थानीय आर्थिक  बिकास’मा उत्कृष्ट नगरपालिका अवार्ड

  • 3.8K
    SHARES

  • बुटवलले पायो ‘स्थानीय आर्थिक  बिकास’मा  उत्कृष्ट नगरपालिका अवार्ड

    बुटवल,फागुन २९ । 

    रुपन्देहीको बुटवल उपमहानगरपालिकाले ‘स्थानीय  आर्थिक  बिकास’मा  उत्कृष्ट नगरपालिका अवार्ड पाएको छ ।

    काठमाडौं आयोजित नेपाल नगरपालिका  सँघको  ३१ औँ  स्थापना दिवसको अवसरमा आव २०७९-०८० मा स्थानीय  आर्थिक  बिकास’मा  उत्कृष्ट काम गरेकोमा उत्कृष्ट नगरपालिका पुरस्कार पाएको नगर प्रमुख खेलराज पाण्डेयले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    साे समारोहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयलाई उत्कृष्ट नगरपालिका पुरस्कार प्रमाणपत्र हस्तान्तरण गरे।

    प्रशासनविद् काशीराज दाहाल नेतृत्वको मूल्यांकन समितिले देशभरका नगरपालिकाले गरेका कार्यका ५ क्षेत्रको अध्ययन गरी मूल्यांकन प्रतिवेदन तयार गरेको थियो। नगरले सार्वजनिक सेवा सुदृढ गर्दै आधुनिक प्रशासनलाई जनउत्तरदायी बनाउने प्रयास गरेको नगर प्रमुख पाण्डेयले बताए । bunapa.jpgbtl.jpg

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology