Logo बिहिवार, आश्विन १ गते २०८३
images

चितवनमा क्वाड्राङ्गुलर टी-ट्वान्टी क्रिकेट सिरिज प्रतियोगिता हुने

चितवनमा क्वाड्राङ्गुलर टी-ट्वान्टी क्रिकेट सिरिज प्रतियोगिता हुने

  • 1.6K
    SHARES

  • चितवनमा क्वाड्राङ्गुलर टी-ट्वान्टी क्रिकेट सिरिज प्रतियोगिता हुने

    चितवन,मंसिर २४ ।

    चितवन जिल्ला क्रिकेट संघको आयोजनामा चार जिल्ला सम्मिलित भिजिट भरतपुर २०२४ क्वाड्राङ्गुलर टी-ट्वान्टी क्रिकेट सिरिज प्रतियोगिता हुने भएको छ । संघले नारायणगढ स्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा यहि मङ्सिर २४ गतेदेखि २७ गतेसम्म प्रतियोगिता आयोजना गर्ने जानकारी गराएको हो । प्रतियोगितामा चितवन, नवलपुर, मकवानपुर र पर्सा गरी ४ टोलीको सहभागीता रहनेछ ।

    प्रतियोगिता सिङ्गल राउन्ड लिगका आधारमा खेलाइनेछ ।अंकतालिकाको शिर्ष दुइमा रहने टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । विजेता र उपविजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको संघका अध्यक्ष सुदिप पियाले बताउनुभयो । यो प्रतियोगितालाई आगामी दिनहरुमा पनि चारवटा जिल्ला मिलेर नै आयोजना गर्दै लैजाने योजना रहेको उहाँले बताउनुभयो ।

    साथै, चितवन जिल्ला क्रिकेट संघको नयाँ कार्यसमिती चयन भएपछि हालसम्म संघले गरेका कार्यहरुका बारेमा समेत जानकारी गराइएको थियो । क्याम्पाचौरको नेट मर्मत सम्भार, विभिन्न नगर प्रमुखहरुसंग क्रिकेट संरचना बिस्तार गर्ने बारेमा छलफल, बालबालिकालाई क्रिकेटमा आकर्षित गर्न हरेक शनिबार क्याम्प संचालन लगायतका गतिविधीहरु गरिएको संघले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सुरज ज्ञवाली

    चितवन,सम्वाददाता

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology